फागुन २४ धनगढी । एसपीए कलेजका विद्यार्थी सागर खनालले एसपीए ईभी मोडल कार बनाएका छन । उनले बनाएको एसपीए ईभी मोडल कारलाई बुधवार सार्वजनिक गरिएको छ । कलेजमा सार्बजनीक गरिएको कारलाई एसपीएमा कक्षा १२ विज्ञान संकायमा अध्ययनरत सागर खनालले बनाएका हुन । ६ महिनाको समय लगाएर उनले कार बनाएका हुन । कार निमार्ण गर्न ३ लाख रुपैयाँ खर्च भएको उनले बताएका छन ।
कार निर्माणको सम्पूर्ण खर्च एसपीए कलेजले व्यहोरेको बताईएको छ । कार निर्माण गरेका सागरले एक पटक चार्ज गरेमा ८० देखि एक सय किलोमिटर सम्म कार चल्न सक्ने बताएका छन । कार स्टार्ट गर्नका लागी चाबीसँगै सेक्यूरेटी नम्बर पनि आवश्यक पर्ने उनले बताएका छन । यसले गर्दा कार चोरी हुने सम्भावना नरहने खनालले बताए ।
त्यसबाहेक कारमा फोल्डीङ सिटको व्यवस्था गरिएको जानकारी गराउदै उनले सिटहरू आवश्यकता अनुसार अगाडि पछाडि फोल्डीङ गर्न सकिने बताए । कारमा विभिन्न क्यामराहरूको प्रयोग गरिएको बताउदै उनले चालकले अगाडी पछाडि कोही भए नभएको हेर्न सक्छने बताए । ईलेक्ट्रोनि कार भएकाले वातावरण मैत्री भएको उनले बताए ।
कार्यक्रममा एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायले विधाार्थीले देखाएको इच्छाशक्तिलाई यथार्थमा प्ररिणत गर्न एसपीए कलेज ठुलो लगानी गर्न समेत पछि नपर्ने बताए । निर्माण कर्ता सागर खनालले कलेजको सपोर्ट बाट मात्रै आफ्नो सपना सकार भएको बताए । उनले आफूले उक्त कार बनाउने कलेजका प्रबन्ध निर्देशक सुवास शाहीलाई प्रस्ताव राखेको अर्को दिनमै कलेज लगानी गर्न तयार भएको जानकारी गराए ।


