विष्णु विश्वकर्मा, चैत्र १६ बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी सहित ३० जना कर्मचारी कार्यालय बन्द गराएर भ्रमणमा निस्केका छन् । बुधबार पालिकाबाट भ्रमणमा निस्केका कर्मचारी बिहीबार तनहुँको बन्दीपुर पुगेका हुन् ।
बडिगाड गाउँपालिका भित्र चलिरहेका योजना फछ्र्याैट हुने समयमा वडासचिव पालिकाका कर्मचारीहरु भ्रमणमा निस्केपछि जनताको काम प्रभावित भएको एक जना स्थानीयले बताए ।
‘वडाको सिफारिसका लागि वडामा सम्पर्क गरेका थियौं वडासचिवले आज हुँदैन भनेर भन्नुभयो, ती स्थानीयले भने, ‘पालिका अध्यक्ष पनि बाहिर कार्यक्रममा हुनुदो रहेछ ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखाका प्रमुख, शिक्षा शाखा, वडासचिव गरी ३० जना कर्मचारी भ्रमणमा गएका हुन् । ती कर्मचारीका अनुसार अवलोकन भ्रमणमा उनीहरु निस्केका हुन् ।


