विष्णु विश्वकर्मा, चैत ५ पोखरा । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जन सास्कृतिक महासंघ केन्द्रिय समिती र नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्यूरो को संयुक्त आयोजनामा २५ औं साँस्कृतिक प्रतिरोध दिवस मनाइएको छ । २०५५ साल चैत्र ५ गते ७ जना कलाकारहरुको सहादत्त भएको दिनको सम्झनामा महासङघले हरेक वर्ष चैत्र ५ गते साँस्कृतिक प्रतिरोध दिवस मनाउदै आएको छ । त्यसैगरी यस वर्ष पनि महासंघले कास्कीको पोखरामा भब्य रुपमा साँस्कृतिक प्रतिरोध दिवस मनाएको हो ।
२०५५ साल चैत्र ५ गते तत्कालिन राज्यले क्रूर र अमानवीय रुपले काभ्रेको अनेकोटमा शसस्त्र घेरा हाली कलम र मादलको माध्यमबाट वर्गीय विचार र आस्थामा प्रतिबद्ध भएका कारण निशस्त्र ७ जना कलाकारलाई ज्युदै आगो लागएर हत्या गरिएको थियो । देश जनता र समाजको मुक्ति र अग्रगामी परिवर्तनको लागि कलाकारहरुले बलिदान दिएका थिए ।

जनताको घर आँगनमा जनताकै गीत गाउदै हिड्ने क्रममा अखिल नेपाल जन सास्कृतिक महासंघका केन्द्रीय सदस्य च्याङ्बा लामा सहितको टिमलाई तत्कालीन राज्य पक्षले नियन्त्रणमा लिई हत्या गरेको दिनलाई साँस्कृतिक प्रतिरोध दिवसको रुपमा हरेक वर्ष चैत्र ५ गते मनाउने गरिएको छ । यसवर्ष पनि महासङघले २५ औं प्रतिरोध दिवस कास्कीको पोखरामा सामना परिवारको टिम सहित मनाएको हो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पोलीट ब्यूरो सदस्य तथा महासंघका इन्चार्ज माईला लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
अतिथि वक्ताहरुमा पार्टी पोलीट ब्यूरो सदस्य तथा पश्चिम गण्डक ब्युरो इन्चार्ज राजन सी , पोलीट ब्यूरो सदस्य आस्था सी, आदर्श सी,केन्द्रिय सदस्य तथा कास्की इन्चार्ज उभार सी को विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन आरोही सी ले गरेका थिए भने कार्यक्रमलाई माइला सी,राजन सी,र कुशल सीले सम्बोधन गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य नेकपा कास्की सेक्रेटरी काजी सी ले गरेका थिए भने कार्यक्रम मा शोभा सी र मुक्तान थेवा सी ले कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा महासंघका कोषाध्यक्ष विवेक सीको पनि उपस्तिथि रहेको थियो ।



