विष्णु विश्वकर्मा,चैत्र ५, बागलुङ । बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुललाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्ने क्रममा लडेर एक युवतीको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर–१ रामरेखा देखि पर्वतको कुस्मा नगरपालिका वडा नम्बर–१ अदुवाबारी जोड्ने ५ सय ६७ मिटर लामो पुलमा सेल्फी खिच्ने क्रममा लडेर १८ वर्षीया अप्सरा खातुनको घटनास्थलमै मृत्यु भएको हो ।
पर्वतका प्रमुख प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले उनको सेल्फि खिच्ने क्रम्मा लडेर मृत्यु भएको जानकारी गराए । प्रहरी नायव उपरिक्षक न्यौपानेले युवती लडेर भीरमा अड्किएको अवस्थामा प्रहरीले घटनास्थलबाट उद्दार गरेको जानकारी गराए ।
झोलुङ्गे पुलको पर्वत खण्ड नजिकैको नेपाल टेलिकमको बोर्डबाट पुल तर्फ सेल्फीखिच्ने क्रममा लडेर १ सय मिटर तल झरेको अवस्थामा उनको शव भेटीएको न्यौपानेले जानकारी गराए ।
“लामो पुललाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्ने क्रममा लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट ख्ल्न आएको जानकारी गराउदै उनले घटनाको विषमा थप अनुसन्धान भइरहेको जानकारी गराए । उनको शवलाई पोष्टमार्टमा लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ पठाइएको प्रहरी नायव उपरिक्षक न्यौपानेले जानकारी गराए ।


