"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा २७ पटक तालाबन्दी, स्ववियू निर्बाचन अन्यौलमा

No data was found

Khabar Raftar

चैत्र २ धनगढी । भर्ना ,अध्यापक छनोटमा सधै विवाद हुदा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा २७ पटक तालाबन्दी गरिएको छ ।
तालाबन्दीले अध्यापन, परीक्षा र नतिजा नियमित हुन नसक्दा युवा विद्यार्थीको संवेदनशील समयमाथि खेलबाड भइरहेको छ। कञ्चनपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अनिश्चित भएको छ। विद्यार्थी संगठनहरुकै कारण जिल्लाका अधिकांस क्याम्पसहरुमा निर्धारित मितिमा चुनाव नहुने भएको हो।

त्रिभुवन विश्वविद्यालय र संस्कृत विश्वविद्यालय अन्तरगतका क्याम्पसमा निर्धारित समयमा स्ववियू निर्वाचन नहुने भएपछि विद्यार्थी रनभुल्लमा परेका छन्। अधिकांस क्याम्पसमा सत्तापक्षीय विद्यार्थी संगठनको तालाबन्दी तथा विरोधका कारण आधा भन्दा बढी क्याम्पसमा निर्धारित मितिमा निर्वाचन नहुने देखिएको हो। तालाबन्दी र विरोधका कारण अधिकांस क्याम्पसमा निर्वाचन प्रक्रिया नै सुरु हुन सकेको छैन। संघ÷संगठन दर्तादेखि मनोनयन पत्र वितरण तथा दर्ता लगायतका गतिविधिहरु अगाडि बढ्न सकेको छैन। सिद्धनाथ विज्ञान क्याम्पसमा मनोनयन पत्र वितरणकै दिन अनेरास्ववियू क्रान्तिकारीले ताला लगाएको छ।

क्रान्तिकारीले ताला खोलेपछि नेपाल विद्यार्थी संघ र विप्लव निकट विद्यार्थीले ताला लगाएका छन्। मनोनयन पत्र वितरणकै दिन क्रान्तिकारीले ताला लगाएको र अहिले नेविसंघ र विप्लव निकट विद्यार्थीले ताला लगाएको विज्ञान क्याम्पसमा निर्वाचन अधिकृत नरेन्द्र बहादुर चन्दले बताए।सुदूरपश्चिम विश्वविद्यालयको सेवा आयोगले लामो समय पछि हालै प्राध्यापक र कर्मचारी गरी २९ दरबन्दीमा नियुक्तिका लागि विज्ञापन आह्वान गरेको छ। आयोगले केही निश्चित व्यक्तिलाई जागिर खुवाउने नियतका साथ विज्ञापन आह्वान गरेको गुनासो सुनिन थालेको छ।

‘कुनै व्यक्तिलाई भित्र्याउन खोजेजस्तो देखिन्छ,’ विश्वविद्यालयका सहप्राध्यापक भूपेन्द्र विष्टले भने, ‘विज्ञापनमा डिभिजन खोलिएको छैन, विशेष आवश्यकता शिक्षाका लागि पनि स्नातकोत्तरमा जुनसुकै विषय भए पनि हुने तर एमफिल वा पीएचडीमा विशेष आवश्यक शिक्षा माग गरिएको छ।’कर्मचारी भर्नाको विवाद विश्वविद्यालयका लागि नौलो होइन। सामान्य विवाद हुँदा पनि तालाबन्दी गर्ने परम्परा बनेको छ। विद्यार्थी संगठन देखि प्राध्यापक कर्मचारी सम्मले तालाबन्दी गर्छन्। ‘कर्मचारी भर्नादेखि कार्यक्रम सञ्चालनसम्म सबैमा राजनीतिक खिचातानी छ,’ पूर्वडिन टेकराज पन्तले भने, ‘पदाधिकारी, कर्मचारी सबै राजनीतिक दलका निर्देशनमा चलेका छन्।’

त्यसैगरी अनियमितता विरुद्ध छानबिन समिति पनि गठन गरिएको थियो । क्याम्पस आंगिक बनाउने, कर्मचारी समायोजन गर्ने जस्ता विषयमा व्यापक अनियमितता भएको भन्दै २०७५ मा सरकारले छानबिन समिति नै गठन गरिएको थियो। तत्कालीन उपकुलपति भूषण श्रेष्ठ र रजिस्ट्रार द्विजराज भट्टले अनियमितता गरेको आरोप लागेपछि उनीहरूलाई निलम्बन गरी छानबिन टोली गठन गरिएको थियो। त्यति बेला विश्वविद्यालय अनुदान आयोगका तत्कालीन अध्यक्ष भीमप्रसाद सुवेदीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो। त्यो समितिले तयार पारेको प्रतिवेदन नै सार्वजनिक नभएको बताए । त्यसअघि राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्य उषा झाको संयोजकत्वमा कर्मचारी समायोजन सम्बन्धी छानबिन समिति गठन भएको थियो।

विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले कर्मचारी समायोजनको काम अझै नटुंगिएको बताए। ‘अझै पनि ६६ कर्मचारीको दरबन्दी मिलान गर्न बाँकी रहेको उनले बताए । विश्वविद्यालय अन्तर्गत एक केन्द्रीय र १५ आंगिक क्याम्पसमा १७ हजार हाराहारी विद्यार्थी छन्। ‘पछिल्लो समय कानुन, कृषि र इन्जिनियरिङमा विद्यार्थीको आकर्षण बढ्दै गएको विश्वद्यालयका सहप्रशासक सन्तोष विष्टले बताए । २०६८ असारमा स्थापना भएको विश्वविद्यालयले २०६९ मंसिरमा तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पस हालको केन्द्रीय क्याम्पसलाई समायोजन गरी पठनपाठन सुरु गरेको थियो। १० वर्षमा २७ पटक गरी ८ सय दिन भन्दा बढी केन्द्रीय कार्यालयमा ताला लागेको छ। विश्वविद्यालयमा भौतिक पूर्वाधारको अवस्था अझै दयनीय छ। पुस्तकालय, छात्रावास, कक्षाकोठा र खेलकुदका लागि कभर्ड हलको अभाव छ। उपकुलपति, डिनलगायत पदाधिकारीका लागि आवासीय भवन अहिले पनि भाडामै छ।

 

भर्खरै

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार
दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान

Death-body-900px

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते