पौष २९ काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका छन्।
उच्च अदालत पाटनले नाबालिग बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेलाई २० लाख धरौटी लिएर थुनामुक्त गर्न दिएको आदेशको पत्र जिल्ला अदालत काठमाडौँ आइपुगे पछि उनले धरौटी बुझाएर रिहा भएका हुन्।
जिल्ला अदालतबाट उनले मुद्दाको नयाँ तारेख लिएका छन्।
Post Views: 185


