"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मेचीदेखि महाकालीसम्म शीतलहर, जनजीवन कष्टकर

No data was found

Khabar Raftar

पौष २१ काठमाडौं । पूर्बको मेचीदेखि पश्चिम महाकालीसम्म शीतलहरसुरु भए पछि जनजीवन कष्टकर बन्दै गएको छ । तराई मधेशका जिल्लाहरुमा शीतलहर सुरु भए पछि जनजीवन कष्टकर बन्दै गएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्व मेची देखि पश्चिममा महाकाली सम्म बाक्लो हुस्सु कुहिरोसँगै शीतलहर चलेको हो ।

शीतलहरसँगै बढेको जाडोले जनजीवन प्रभावित भएको छ । शीतलहरका कारण जनजीवन प्रभावित भएपछि तराई मधेशका जिल्लाहरुमा धेरैजसो विद्यालय बन्द गरिएका छन । मौसमविद् विनु महर्जनका अनुसार अधिकतम र न्यूनतम तापक्रमबीचको औसत अन्तर, घाम नलाग्ने अवधि, आकाशबाट तपतप शीत चुहिएको अवस्था लगायतका आधारमा शीतलहर चलेको घोषणा गरिन्छ । यही आधारमा मंगलबार नै तराई मधेशका जिल्लामा शीतलहर चलेको घोषणा गरेको मौसमविद् महर्जनले बताइन् ।

तराईका जिल्लाहरुमा अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर एक दशमलव ९ डिग्री सेल्सियस सम्म झरेको छ । अधिकतम र न्युनतम तापक्रम औसत पाँच डिग्री सेल्सियस भन्दा कम हुनुलाई शीतलहरको एउटा आधार मानिन्छ । यस्तै दिनभरीमा दुई घण्टा भन्दा कम समयमात्रै घाम लाग्नु अर्को आधार हो । अहिले तराई मधेशका धेरै जिल्लामा शीतलहर चलेको र यस्तो अवस्था अझै एक–दुई दिन कायमै रहने पूर्वानुमान गरिएको मौसमविद महर्जनले बताइन् ।

बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लागे पनि दिउँसोको समयमा केही कम हुने उनले बताइन् । मौसमविदहरुका अनुसार यो वर्षको जाडो भर्खरै सुरु भएको छ । अझै केही दिन जाडो बढ्नसक्ने भएकाले पूर्व सावधानी अपनाउन मौसमविदले सुझाव दिएका छन् । अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली    छैन । कमजोर खालको पश्चिमी न्यून चापीय प्रणाली नेपालमा रहेकाले तत्काल हिउँ पर्ने र पानी पर्ने सम्भावना पनि छैन ।

जल तथा मौसम विज्ञान विभागले यो वर्षको हिउँदमा गत वर्षको तुलनामा कम पानी पर्ने प्रक्षेपण गरेको छ । पानी नपर्दा वायुमण्डलमा धुलोका कण मिसिएको बाक्लो तुवाँलो लागेको छ । प्रदूषणयुक्त तुवाँलो हट्न पानी पर्नुपर्ने वा वायुको गति बढी हुनुपर्ने हुन्छ । तर यी दुवै सम्भावना अहिले तत्काल नरहेकाले प्रदूषण बढेको छ । त्यसैले मास्क लगाएर मात्र घर बाहिर निस्किन पनि मौसमविदले सुझाव दिएका छन् ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण