"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अर्बिट इन्जिनियर एक्स्पोमा एसपीएका सोहनको सवारी एस ५ बाईक प्रदर्शनीमा

No data was found

Khabar Raftar

मंसिर २६ काठमाण्डौ । धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए)का विद्यार्थी सोहन कैनीले अर्बिट इन्जिनियर एक्स्पो कार्यक्रम आयोजना प्रोजेक्ट प्रदर्शनीमा सहभागिता जनाएका छन ।
देशभरिका इन्जिनियर्सहरुहरुको संस्था इन्जिनियर्स भ्लगले हरेकवर्ष आयोजना गर्ने अर्बिट इन्जिनियर एक्स्पो कार्यक्रम उनले सहभागिता जनाएका हुन । देशभरिबाट आएका र काठमाडौं उपत्यकाका हजारौं इन्जिनियरिङ विद्यार्थीहरुमाझ सोहनले आफैले बनाएको इलोक्ट्रिक बाइक विथ फिंगरपिन्ट प्रदर्शनीमा राखेर सहभागिता जनाएका हुन ।

देशभरिबाट इन्जिनियरिङका क्षेत्रमा भएका, गरिएका प्रयासहरु प्रदर्शनी गर्ने उक्त कार्यक्रममा क्रैनीले सहभागीता जनाएका हुन । यसपल्ट यही डिसेम्बर ९ देखि १० सम्म काठमाडौंमा भएको एक्स्पोमा प्रोजेक्ट प्रदर्शनी, रोबो सकर, रोबो वार र पेपर ब्रिज कम्पिटिसन कार्यक्रममा सोहनले सवारी एस ५ नामको बाइकलाई प्रदर्शनीमा राखेका हुन् ।

उनले प्रदर्शनीमा राखेको बाइकलाई नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङ देखि इन्जिनियर सागर ढकाल लगायतले अवलोकन गरेका छन् । कक्षा ११ मा एसपीएमा अध्ययनरत् सोहनलाई उक्त बाइक प्रोजेक्ट निर्माणका लागि सबै सहयोग कलेजले गरेको हो । हजारौं विद्यार्थीमाझ आफूले बनाएको प्रोजेक्ट सहित उपस्थित हुन पाउँदा गर्ब महसुस गरेको उनले
बताएका बताएका छन ।

देशभरिबाट इन्जिनियरिङ क्षेत्रमा रुचि भएका विद्यार्थीहरुबीच उपस्थित हुन पाउँनु नै मेरा लागि ठूलो विषय हो । त्यसमाथि मैले आफूले बनाएको बाइक प्रदर्शन गर्न पाउनु झनै सुखद विषय भएको उनले बताए । यहाँसम्म पुर्याउँन कलेजले नै सबै मदत गरेको बताउदै उनले कलेज परिवार प्रति आभार व्यक्त गरेका छन । सोहनको सवारी एस ५ एकपटकमा चार्ज गरेमा ५० देखि ६० किलोमिटर कुद्न सक्छ । ब्याट्रीको पावर बढाएर बाइक अझै धेरै कुद्न सक्ने उनले बताएका छन ।

इलोक्ट्रिक बाइक भएकाले वातावरण मैत्री भएको बताउदै उनले औलाको सेन्सरले सजिलै अन गर्न सकिने बताए । मैले सबै पुनः प्रयोग हुने सामाग्रीहरुको प्रयोग गरेर यो बाइक बनाएको हुँ । माइलेजको पनि समस्या छैन । ब्याट्रीको पावर बढाउँन चाहे अझै बढी कुद्छ, सोहनले भने । पूर्ण रुपमा बाइक तयार हुँदा व्यवसायिक रुपमा एक लाख सम्ममा बिक्री गर्न सकिने उनले बताएका छन । व्यवसायिक रुपमा अघि बढ्न अझै बाइकमा आफूले काम गरिरहेको बताउदै उनले एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायले कलेजले पढाईका अलावा विद्यार्थीहरुको रुचि अनुसार लगानी पनि गर्ने गरेको र त्यसले प्रतिफल देखाउँदै गएको बताए ।

अब किताबी रटानले मात्रै विद्यार्थीलाई पुग्दैन । शैक्षिक संस्थाले उनीहरुको रुचि अनुसारको क्षेत्रमा लाग्न र त्यसमा अब्बल हुन प्रेरित गर्नु पर्नै उपाध्यायले बताए । हामीले विधार्थीलाई संस्कार र अनुशासनयुक्त अध्ययनसँगसँगै पसिना र कर्ममा विश्वास गर्ने बनाउँछौं । त्यसमा लगानी पनि गरेका छौं । जसमा देशभरबाट अब्बल हुँदै हाम्रा विद्यार्थीले प्रतिफल पनि देखाइरहेका छन् उनले भने । झण्डै ३५ सय विधार्थी अध्ययनरत् एसपीए सुदूरपश्चिमकै अग्रिणी शैक्षिक संस्था भएको बताउदै उनले एसपीएमा स्नातकोत्तर तहमा एमएड, एमबीएस, स्नातक तहमा बीए, बीबीएस, बीएड, बीएचएम, बीआईएम, एकवर्षे बीएड तथा प्लस टूमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन, होटल म्यानेजमेन्ट, आमसञ्चार र पत्रकारिता विषयमा अध्ययन अध्यापन हुँदै आएको जानकारी गराए ।\

कलेजमा पूर्ण रुपमा मल्टिमिडियायुक्त कक्षाकोठाहरु रहेको बताउदै उनले सबै कोठामा सिसी टिभी क्यामेरा जडान गरिएको बताए । आधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशालामा विधार्थीहरुलाई प्रशिक्षित गराइन्छ । टाढाबाट आउने विधार्थीका लागि कलेजले बसको व्यवस्था गर्नुका साथै होस्टेलको समेत व्यवस्था गरेको उनले जानकारी गराए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण