"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

क्लिभेज ः फेसन कि विद्रोह ?

No data was found

Khabar Raftar

‘उध्रेको चोली छ है, त्यै पनि लाइन्छ‘।

यो गीतले नारीको वक्षस्थललाई कामुकता र लाजको विषय बनाएको छ । तर आजका पुस्ताले यसलाई आफ्नो सौन्दर्यको मानक बनाएको छ । आंशिक खुला वक्षस्थललाई आकर्षण र विद्रोहसँग जोडेर व्याख्या गरिरहेका छन् । ‘क्लिभेज’ अहिलेका युवतीहरुले अनुशरण गरिरहेको यस्तो शैली हो, जसमा उनीहरु लज्जावोध होइन गर्व गर्न चाहन्छन् । जस्तो अभिनेत्री सुहाना थापा ।

‘अहिलेको युगमा हामी जसरी खुला र उदार हुँदै गइरहेका छौं यसको प्रभाव पहिरनमा पनि देखिएको हो’ सुहाना यसै भन्छिन् । उनका अनुसार कुनै महिलाले क्लिभेज देखाउने इच्छा गर्छन् भने यो नितान्त उनको अधिकारको कुरा हो । यसमा कसैलाई आपत्ति जनाउने हक छैन । पितृसत्तात्मक आँखाले हेर्दा मात्र यो उत्ताउलो देखिने उनको तर्क छ । सुहाना भन्छिन्, ‘हाम्रो जस्तो पितृसत्तात्मक सोच भएको समाजमा क्लिभेज विरोधाभास हुन सक्छ । तर सामान्य र स्वभाविक कुरा हो ।’

पछिल्लो छिमलका सेलिब्रिटीहरु क्लिभेज देखिने पहिरनमा ठाँटिन बढी रुचाउँछन् । यसलाई कतिले फेसनको रुपमा लिन्छन् भने कतिले विद्रोहको पनि । तर यो प्रचलनको थालनी आज भएको होइन । सदियौं अघि रानी(महारानीहरुले यस्तो पहिरन शैलीलाई प्रमुखताका साथ अनुशरण गरेका इतिहास छ ।

हजारौं वर्ष अघिको कलात्मक चित्र, कलाकृतिमा क्लिभेज देखिने पहिरन शैली पाइन्छन् । यद्यपि सन् १९५० पछि पश्चिमी फेसनमा क्लिभेज एकदमै लोकप्रिय भयो । अन्ततः यो एउटा फेसन संस्कृतिकै रुपमा विकास भयो ।

अहिलेको पुस्ताले क्लिभेजलाई आफ्नो सौन्दर्यसँग जोडेर हेर्न थालेका छन् । उनीहरुको तर्क छ, ‘हामी यही शरीर लिएर जन्मिएका हौं र स्तन हाम्रो अभिन्न अंग हो । यसमा हामीले गर्व गर्नुपर्छ । यसलाई कति लुकाउने वा देखाउने भन्ने कुरा हाम्रो मर्जी हो ।’

अभिनेत्री ऋचा शर्माको बुझाइमा हाम्रो समाजले नारी अस्तित्वलाई अझै पनि राम्ररी स्वीकार गरिसकेको छैन । त्यसैले नारी अंगलाई आकर्षण भन्दा कामुकतासँग जोडेर हेर्ने गरेको उनी बताउँछिन् ।

महिलाले क्लिभेज देखिने पहिरन लगाउनु कुनै नौलो र आश्चर्य मान्ने कुरा होइन । ‘तर हाम्रो समाजले क्लिभेज जस्तो साना कुरालाई पनि लाज र यौनसँग जोड्छ,’ उनी भन्छिन्, ‘क्लिभेज देखिंदैमा छाडा, उत्ताउलो भन्नु पर्दैन यो एकदमै सामान्य कुरा हो । यो प्राकृतिक र नारी सौन्दर्यको हिस्सा हो ।’

क्वील शब्दको अर्थ हुन्छ, फाटो । अलग अलग स्थानमा क्लिभेज शब्दको अलग अर्थ हुन्छ । जस्तो कि महिलाको दुवै वक्षस्थलको बीचको भागलाई क्लिभेज भनिन्छ ।

एकातिर आधुनिक महिलाहरु क्लिभेज देखाउनुमा गर्ववोध गरिरहेका छन् भने अर्कोतिर पितृसत्तात्मक समाजले यसमा कर्के नजर लगाउने गरेको छ । क्लिभेज देखिने पहिरन लगाउँदा उनीहरुमाथि अनेक टिकाटिप्पणी हुन्छ । ‘आफ्नै अंग, आफ्नै मर्जी’ भने पनि महिलाले यस्तो शैली अपनाउँदा हरेक पटक जवाफ दिनुपर्ने बाध्यता छ ।

बलिउडकै कुरा गरौं । बलिउड अभिनेत्रीहरु अहिले क्लिभेज देखिने पहिरनमा ठाँटिएको देखिन्छन् । यद्यपि यसमा उनीहरुले अनेक झमेलाको सामना गर्नु नपरेको भने छैन ।

टाइम्स अफ इन्डियाले अभिनेत्री दीपिका पादुकोणको एउटा फोटो साझेदार गर्दै उनको क्लिभेजको बारेमा ट्वीट गरको थियो । उक्त ट्वीट यस्तो थियो, ‘ओह माइ गड दीपिका पादुकोणको क्लिभेज शो ।’

आफ्नो क्लिभेज तस्वीरमाथि टिप्पणी गरेपछि अभिनेत्री दीपिका पादुकोणले ट्वीटरमा यस्तो जवाफ फर्काएकी थिइन्, ‘हो म महिला हुँ । मेरो ब्रेस्ट छ । मेरो क्लिभेज तिम्रो लागि किन आपत्ति ?’ उनले लगत्तै अर्को ट्वीटमा लेखेकी थिइन्, ‘तपाईं महिलाको इज्जत गर्न जान्नुहुन्न भने महिला सशक्तीकरणको कुरा पनि नगर्नुहोस् ।’

यो तर्क वितर्क सामाजिक सञ्जालमा निकै चर्को बनेको थियो ।

‘यसले कुनै महिलालाई खुसी, सन्तुष्टि र आत्मविश्वास दिलाउँछ भने अरुले त्यसमा किन टाउको दुखाउनु ?’ अभिनेत्री ऋचा शर्मा भन्छिन्, ‘यसमा महिलाले आफ्नो पहिरन शैली बदल्ने होइन, बरु समाजको दृष्टिकोण बदल्नु जरुरी छ ।’

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन