"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

चर्को ब्याज असुल्ने लघुवित्त संस्थाविरुद्ध ऋणीहरु आन्दोलित

No data was found

Khabar Raftar

मंसिर २२ धनगढी । चर्को ब्याज असुल्ने लघुवित्त संस्थाविरुद्ध ऋणीहरु आन्दोलित भएका छन् । लघुवित्त वित्तीय संस्थाहरुले चर्को ब्याज असुलेर दुःख दिएको भन्दै कैलालीको गौरीगंगा नगरपालिकामा सक्रिय लघुवित्त वित्तीय संस्थाहरु विरुद्ध ऋणीहरु आन्दोलित भएका हुन । वित्तीय संस्थाहरुले चर्को ब्याज असुल्न थालेपछि ऋणीहरु मर्कामा परेको र घरबास विहीन हुने अवस्थामा आएको भन्दै स्थानीय युवा सुवास कुँवरको नेतृत्वमा ऋणीहरु आन्दोलित भएका हुन् । कुँवरले लघुवित्त संस्थाहरुले चर्को ब्याज लिएर स्थानीयलाई ऋणी बनाउने काम गरेको भन्दै त्यसविरुद्ध हस्ताक्षर संकलन देखि अन्य दबाबमुलक कार्यक्रम गरिरहेको जानकारी गराए ।

लघुवित्त वित्तीय संस्थाहरुले गैरकानुनी रुपमा १८ प्रतिशतसम्म ब्याज असुल्ने गरेकाले आन्दोलन गर्नु परेको उनले बताए । नगरपालिकाका सबै वडामा हस्ताक्षर संकलन गर्दै लघुवित्त संस्थाको खारेजीको माग समेत गरेको उनले बताए । गौरीगंगा नगरपालिका वडा नम्बर–४ की बासुदेवी सुनारले गाउँमा पुगेर बचत समूह गठन गर्दै लगानी गर्ने लघुवित्त वित्तीय संस्थाले मनलाग्दी रुपमा ब्याज लिन थालेपछि मर्कामा परेको गुनासो गरिन् ।

लघुवित्त सहकारीले वार्षिक १८ प्रतिशतसम्म ब्याजमा ऋण दिने गरेको बताउदै उनले एक लाख रुपैयाँ ऋण लिंदा सेवा शुल्क र बिमा शुल्क काटिएको भनेर ९० हजार मात्र दिने गरेको उनले बताईन । ब्याज लिंदा एक लाखकै लिने गरेको सुनारले बताईन । महिनामा सावाँ रकम चुक्ता गरेपनि वर्षभरीकै ब्याज लिइरहेको बताउदै उनले ब्याज चर्को हुँदा लिएको ऋण तिर्न समस्या हुने गरेको बताईन ।

ऋण तिर्न नसकेर डिप्रेसनको सिकार भइ आत्महत्या गर्ने सम्मको अवस्था सिर्जना भएको बताउँदै उनले महिला सशक्तिकरणका लागि भनेर आएका लघुवित्तहरुले घरबार विहीन बनाउने काम गरेको बताईन् । त्यसैगरी स्थानीय नरे सुनारले आर्थिक समस्याका कारण लघुवित्तबाट ब्याजमा पैसा लिने गरेको बताउदै लघुवित्तले ऋण लगानी गर्ने बेलाको भन्दा फरक व्यवहार देखाउँदै अनावश्यक दुःख दिने गरेको बताए । एक लाख रुपैयाँ ऋण लिएपछि ९० हजार रुपैयाँ मात्र दिने गरेको बताउदै बीमा र सेवा शुल्कको ब्याज पनि तिर्न लगाएको उनले बताए ।

एउटा किस्ता तिर्न नसके महिला समूहरुले घर घेराउ गर्ने, अनावश्यक टर्चर दिने गरिरहेको बताउदै सुनारले ब्याज बढी भएकै कारण ऋण तिर्न नसक्दा आफ्ना छोराबुहारी बेपत्ता भएको बताए । उनले राज्यले लघुवित्तलाई नियमन गर्नु पर्ने बताए । त्यसैगरी गौरीगंगा नगरपालिका वडा नम्बर–४ की एकल महिला इन्द्रकला कुँवरले लघुवित्तले गाउँमा गठन गरेका महिला समूहबाट बुहारीले लिएको एक लाख रुपैयाँ ऋण तिर्न नसक्दा ब्याज मात्र ८० हजार पुगेको बताईन ।

आफू र बुहारीले समूहबाट लिएको ऋण तिर्न नसकेपछि ५ कठ्ठा जग्गा लिलाम भएको उनले दुखेसो सुनाईन । स्थानीयका अनुसार चौमाला क्षेत्रमा कार्यालय स्थापना गरेर बसेका फवार्ड माइक्रो फाइनान्स, किसान बहुउद्देश्यीय, युनिक नेपाल, छिमेकी लघुवित्त वित्तिय संस्थाहरुले गाउँ–गाउँमा पुगेर महिला समूहहरु गठन गर्दै सोही समूह मार्फत समुदायमा लगानी गर्दै आएका छन । लघुवित्तहरुले बचत गर्दा ८ प्रतिशतसम्म ब्याज दिने गरेका छन् भने ऋण लिनेहरुबाट १८ प्रतिशतसम्म ब्याज लिंदै आएका छन् ।

सरकारले लघुवित्त सहकारीहरुले मनलाग्दो रुपमा १८ देखि २० प्रतिशत ब्याज लिदा पनि अनुगमन र नियमन नगरिदिंदा गाउँका दिदी बहिनीहरुले ऋण तिर्न नसकेर समस्या भोग्नुपरेको कुँवरले बताए । ऋण लिएकै कारण परिवारमा मनमुटाव भएर हत्या, आत्महत्या गर्नेसम्मको अवस्था सिर्जना भएपछि लघुवित्तको ज्यादतीविरुद्ध सडकमा उत्रिएको उनले बताए । लघुवित्त वित्तीय संस्थाहरुले भने राष्ट्र बैंकले निर्धारण गरेको सीमा भित्र रहेर समुदायमा लगानी गर्ने गरेको बताउदै जथाभावी रुपमा ब्याज नलिएको दाबी गरेका छन् ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाकी प्रमुख गोमती जोराले यसअघि ऋण लगानी गर्दा अग्रिम शुल्क लिने गरेकोमा अहिले उक्त व्यवस्था नरहेको बताइन् । १.५ प्रतिशत सेवा शुल्क र ०.४९ प्रतिशत बीमा शुल्क भनेर लिने गरेको बताउँदै उनले सम्बन्धित व्यक्तिकै इच्छा अनुसार रकम लिने गरेको बताइन् । बचतकर्ता र ऋणीहरुकै सहमति अनुसार कर्जा परिचालन गर्ने गरेको उनले बताईन ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्था चौमाला शाखाका प्रमुख हरिप्रसाद जोशीले १८ देखि २० प्रतिशतसम्म ब्याज लिने कुरामा सत्यता नभएकोे बताए । उनले राष्ट्र बैंकले निर्धारण गरेको सीमा भित्र रहेर कर्जामा साढे १३ देखि १५ प्रतिशतसम्म र ६ देखि साढे ७ प्रतिशतसम्म ब्याज लिने÷दिने गरिएको जानकारी गराए ।

 

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन