"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कैलालीको मोहन्याल गाउँपालिकाका निलम्बित अध्यक्षले कामकाज गर्न थाले पछि विबाद

Khabar Raftar

मंसिर २१ धनगढी । भ्रष्टाचार मुद्दामा निलम्बित कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले कामकाज गर्न थालेपछि विवाद भएको छ । भ्रष्टाचार मुद्दामा निलम्बित भएकै अवस्थामा पालिका अध्यक्षमा निर्वाचित भएका उपाध्यायले अदालतबाट सफाइ पाएको दाबी गर्दै कार्यपालिका बैठक बोलाएर नीतिगत निर्णय गर्न थालेपछि अन्य जनप्रतिनिधिले विरोध गर्दा विबाद भएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

उपाध्यायले पालिका अध्यक्षको हैसियतमा असोज ३० गतेदेखि कामकाज गरिरहेको प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले बताए । उनी निलम्बनमा रहेको वा निलम्बन फुकुवा भइसकेको विषयमा भने सार्कीले प्रतिक्रिया दिन चाहेनन । पदभार सम्हाल्दै यसअघि एउटा कार्यपालिका बैठक बोलाइसकेका अध्यक्ष उपाध्यायले १४ मंसिरमा पनि कार्यपालिकाको बैठक बोलाएका थिए ।\

तर कार्यपालिका सदस्यहरुले निलम्बन फुकुवा भएको वा विशेष अदालतबाट सफाइ पाएको कागज पत्र देखाउन माग गरेपछि बैठक बस्न नसकेको गाउँपालिका कार्यालयले जनाएको छ । मोहन्याल गाउँपालिका वडा नम्बर –४ का वडाध्यक्ष बसन्त बुढाले उपाध्यक्ष कमलबहादुर साउँद लगायतका जनप्रतिनिधिले अदालतले कामकाज गर्न दिनू भनेर लेखी पठाएको पत्र देखाउन आग्रह गरेको बताए । अध्यक्ष उपाध्यायले पत्र देखाउन नसकेपछि कार्यपालिका बैठक बस्न नसकेको उनले बताए ।

पालिका अध्यक्ष उपाध्यायले आफ्नोविरुद्ध सर्वोच्च अदालतमा कामकाज गर्न रोक लगाउन माग गर्दै परेको रिट निवेदन खारेज भएकाले काम गर्ने बाटो खुलेको बताउँदै आएका छन् । सर्वोच्च अदालतले आफु विरुद्ध परेको रिट निवेदन खारेज गरेपछि कार्यपालिकाको एउटा बैठक बसालेको बताउदै उनले साथीहरुले पूर्ण पाठ आउनुदिनु प¥यो भनेपछि काम नगरेको उपाध्यायले जानकारी गराए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने उपाध्याय विरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन रहेकाले अध्यक्षको हैसियतमा काम गर्न नपाउने जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रमुख रामबहादुर कुरुम्बाङले उपाध्याय अहिले पनि निलम्बनकै अवस्थामा भएकाले अध्यक्षको हैसियतमा कामकाज गरेको पाइएमा पक्राउ गरेर कारबाही गरिने बताए । उपाध्यायले अध्यक्षको हैसियतमा काम गरिरहेको भन्ने गुनासो आएको बताउदै उनले त्यो सम्बन्धमा छानबिन भइरहेको बताउनु भयो । उनले कामकाज गरेको पाइएमा पक्राउ गरेर कारबाहीको दायरामा ल्याउँने बताउनु भयो ।

३० वैशाखमा ३० गते नेकपा माओवादी केन्द्रबाट मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका उपाध्यायलाई तत्कालीन वडा नम्बर २ को अध्यक्ष भएका बेला भ्रष्टाचार मुुद्दा लागेको थियो ।
उक्त मुद्दा अहिले विशेष अदालतमा विचाराधीन अबश्थामा रहेको छ ।

भर्खरै

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु
गोदावरीबाट भन्सार छलीका सामान बरामद
कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने
स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ
सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली
हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी
कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित पूर्व असइ पक्राउ
अछाममा राष्ट्रिय योग दिवस मनाइयो
सरकारले भूकम्प र बाढीपहिरो पीडितका घर पुनर्निर्माण गर्ने
माघे सक्रान्तीको अवसरमा कैलालीको गोदावरीमा भक्तजनको घुईचो

धेरै कमेन्ट गरिएको

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

swayam-sebika

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु

saman-baramad-godawari

गोदावरीबाट भन्सार छलीका सामान बरामद

HPV-Vaccine

कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने

cropped-cropped-khabar-raftar-2.png

स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ

Polish_20250114_180203772_1

सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली

haraiya-2

हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी

Kha-22025-01-13-08-33-11

कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित पूर्व असइ पक्राउ

ac

अछाममा राष्ट्रिय योग दिवस मनाइयो