मंसिर ०१ बाँके । बाँकेको नेपालगञ्जस्थित भृकुटीनगरको एउटा घरमा बम पडकिदा २ जना घाईते भएका छन । बुधबार बेलुकी दिवाकर र श्रीकला मल्लको घरको तल्लो तलामा बम विष्फोट हूादा उक्त घरमा डेरा गरी बस्ने विप्लव नेतृत्वको नेकपा माओवादीका दुई जना कार्यकर्ता घाइते भएका हुन ।
उनिहरुले लुकाएर राखेको बम विष्फोट हुँदा डेरा गरी बस्ने सल्यानको बागचौर नगरपालिका वडा नम्बर–२ घर भएका २७ वर्षीय डिल्लीबहादुर डीसी र उनका साथी कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर–१ घर भएका ३३ वर्षीय धर्मबहादुर सुनार घाइते भएको प्रहरीले जनाएको हो । बम विष्फोट हुँदा घाईते भएका उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुको उपचार नेपालगञ्ज नर्सिङहोमको आईसीयूमा राखेर भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी गराउनु भयो ।
घरधनी श्रीकला मल्लले डीसी एक वर्षदेखि उनको घरमा बस्दै आएको जानकारी गराउदै उनले महेन्द्र क्याम्पसमा पढ्ने विद्यार्थी भनेर चिनाएको बताईन । उनको कोठामा कहिलेकाहिँ अरु साथीहरु पनि आउने गरेको बताउदै उनले आफुले को हुन् किन आए भनेर कहिल्यै सोधखोज नगरेको बताईन । बुधबार बेलुकी पनि चार जना आएको उनले बताईन । उनले बेलुका माथिल्लो तलामा खाना पकाइरहेको अबश्थामा विष्फोटको ठूलो आवाज आउनुका साथै घर थररर कम्पन भएको बताईन । ग्याँस सिलिण्डर पड्कियो होला भन्ने ठानेंर दगुर्दै तल्लो तलामा ओर्लिएको बताउदै उनले कोठामा धुवैँधुवाँको विच उनिहरु रगताम्य अबश्थामा भेटीएको बताईन ।
उनले त्यतिबेला सम्म पनि आफुले ग्यास सिलिण्डर नै पड्किएर घाइते भएछन् भन्ने ठानेंकोर अस्पताल लगिदेऊ, रिक्सा बोलाइदेऊ भन्दै अरु मान्छेहरुलाई गुहार्न थालेको बताईन । दुई जना बाइक चढेर भागे पछि आफुलाई बम पडकेको जानकारी भएको उनले बताईन । बम विष्फोटको सूचना पाएलगत्तै बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी पनि घटनास्थल पुगेको उनले बताईन । एसपी श्यामकृष्ण अधिकारीले प्रहरीले प्रेसर कुकर बम विष्फोट भएको निष्कर्ष निकालेको बताउदै उनीहरु विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु भएको बताए ।
उनका अनुसार चुनाव बहिष्कारको अभियानमा लागेका विप्लवका कार्यकर्ताहरुले नेपालगञ्जका चोकहरुमा बम राख्ने तयारी गर्नुकासाथै आठ–दश वटा बम एकैचोटी नेपालगञ्जमा पड्काउने तयारी भएको सूचना पाएको बताए । उनले सूचना पाए पछि खोज्दै आएको बताउदै उनिहरुले थाहा पाएर बम लुकाएर भाग्न खोज्दा तयारी नपुगेका कारणले चाँडै पड्केको बताए । उनले बम हानिकारक भएको बताउदै त्यहीभएर उनीहरुलाई चोट धेरै लागेको बताए ।
घटनास्थलमा नपड्किएको अवस्थाका दुईवटा बम फेला परेको र ती बम राति नै नेपाली सेनाले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालयका बाँकेका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए । उनीहरुको कोठाबाट चन्दा संकलनका लागि प्रयोग गरिएको रसिद र पार्टीको ब्यानर समेत बरामद भएको बताइएको छ ।

