"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाआमा पढ्दा लाग्यो– देश बा हो, देश आमा हो

No data was found

Khabar Raftar

गणेश नेपाली . ऐना कथासंग्रहका लागि २०७२ सालको मदन पुरस्कार विजेता स्रष्टा रामलाल जोशीको उपन्यास कृति, बुक हिलको प्रकाशन बाआमा पढ्दा यस्तो लाग्यो। देश आमा हो । देश बा हो । बाआमामा देशको अवस्था पनि व्यक्त भएकोछ। देश छोड्दै हिडिँरहेका छन् बौद्धिक युवाहरू। सुनौलो भविष्यको खोजीमा । देशसँगै सृष्टीकर्ता बाआमालाई अलपत्र छोडेर सात समुद्रपारी विरानो माटोमा पुगेका छन् । वर्तमानको हाम्रो सामाजिक पारिवारिक परिवेस छिन्न भिन्न भएको यथार्थ चित्र हाम्रा आँखाभरी देखिन थाल्छन् सिनेमा झैँ ।

छिमेकीको परिवार, घरबार, इष्टमित्रहरूको सन्तान मिलनको मृगतृष्णा, वृद्धाश्रमका बाआमाहरूको सहाराको अनुराग र आशक्ति पालैपालो जिस्काउन थाल्छन् । मजाक उडाउछन् वैभवको, सम्पन्नताको, पुगिसरी आएको धाकको । किन छोड्दै छन् युवाहरूले देश, किन छोड्दैछन् युवाहरूले बाआमा ? यिनै प्रश्नहरू जवाफसमेत लिएर आउँछन् ।

किन भएन देश युवाहरूलाई स्वदेशमै रोक्न सक्ने? किन भएन देश बाआमालाई मातृदेवो भवः पितृदेवो भवः को भावना प्रत्येक युवामा बिन्जाकुरण गराउने ल्याकतको । को हो दोषी देशमा नै बस्न लालायीत बनाउन नसक्ने युवाहरूलाई? आज देश हिजो जस्तो छैन । गाउँहरूमा मोटरबाटो पुगेको छ । धनगढी नजिक भारतीय सानो रेल्वे स्टेसन गौरीफन्टासम्म पुग्न तीनदेखि सात दिनसम्मको पैदल यात्रा गरेर भारतीय शहरहरूमा नङ्ग्रा खियाई फेरी केही समयपछि आफ्नै थात थलो पुग्ने हामी सुदूरपश्चिमेहरूका पहाडका ती सुन्दर गाउँहरू रित्तिसकेका छन् । घरहरू भग्न हुन लागेका छन् ।

खेतबारी बाँझो भएका छन् । मोटर बाटो नहुँदा भारतीय सहरको सुविधामा मोहित नभएका हाम्रा अग्रजको जन्मभूमि प्रतिको अगाध माया, भक्ति श्रद्धा हामीसँग सकिएकै हो ? बाआमाले झकझक्याउछ र सोध्छ– तिम्रो म प्रतिको कर्तव्य यत्ति हो ? तिमी आफ्नो कर्तव्य पूरा भएको ठान्छौ ? जसरी म मेरा बाआमासँग अन्तिम सास हुँदासम्म साथमा थिएँ । जसरी तिम्रा बाले छाडेन गाउँ तर छोड्यो भारतीय शहरको वैभव, सम्पन्नता, समृद्ध भएर जम्न सक्ने अनेक अवसरहरू ।

केवल तिम्रै लागि ? तर तिमी पखेटा लागेपछि उड्न सक्ने भएपछि कुन परिबन्दले फर्केका छैनौ ं? तर यस गाउँका चौतारीहरू, बाटाघाटाहरू, गोठाला, घाँस दाउरा जाने बनहरू, मेलापर्वहरू, साथीभाइहरू, दिदीबहिनीहरू भने तिमीलाई बिर्सेका छैनन् । बाआमाले आफैँलाई बिर्सनेहरूलाई सम्झाईदिएको छ– गाउँ, आफन्त, र देशलाई । संघर्ष गरे के हुँदैन भन्ने सन्देश पनि आफ्नै बा–आमा कमैया र कम्लरी बसेको घरका मालिककी छोरीसँग प्रेम विवाह गरेर काठमाडौंमा घरबनाउन सक्नेहरूका भोगाईको संघर्ष कम्ति प्रेरणाप्रद छैन । सामाजिक रूपान्तरणको शंखघोष पनि हो बाआमा यस अर्थमा ।

परिवारको स्वर्णिम भविष्यको सुमधूर सपना संगालेर वैदेशिक रोजगारीमा सात समुद्र पारी पुगेको पिता, पति जसले पत्नीका चरित्रमाथि शंका गर्छन् । र, उनकी पत्नी पनि त्यस्तै । त्यस्तै तर कानूनको सहाराले विच्छेद हुनै लागेको दाम्पत्य जीवन बुवा र आमाको सन्तान सुखका लागि गरेको संघर्ष, त्याग र सम्पर्पणको कालखण्डको चमत्कारीक वकालत सचेत किशोरी युवा छोरीले गर्दा पुनर्स्थापित हुनपुगेको सम्बन्धले छोराछोरीको चेतना घर परिवारको संकटका दिनमा ढाल र तरबार बनेर सुरक्षा र सहारा बन्छ भन्ने सन्देशले छोराछोरी प्रति गौरव गराएको छ बाआमालाई । बाआमाले आफ्नो सपनाको भारी लादेर सन्तानको इच्छा चहाना र स्वतन्त्रता माथि नचाहिने नियन्त्रण गरी पारिवारिक विघटन गरेको वर्तमान सामाजिक पारिवारिक परिवेशको वियोग त्यस्तै जिवन्त रूपमा व्यक्त भएको छ ।

एक शिक्षकका रूपमा जो पात्र छन् उनको विद्यार्थीको प्रतिभालाई निखार्ने शिक्षण विधि र प्रतिभाशाली विद्यार्थीलाई प्रतिभा अनुसार शिक्षण गर्दा विद्यार्थीले पाउने सफलता र सफल विद्यार्थीको गुरु प्रतिको आभारीपन हृदयतलबाट अभिव्यक्त श्रद्धाले गुरुचेलाको अनुपम नाताको पक्षपोषण गरेको छ । शिक्षा प्रणाली जुन वर्तमानमा व्यापारिक ढर्राको छ त्यसलाई चुनौति नै छ ।

उपन्यासको म पात्र रामनाथले साक्षातकार गरेका जीवनका अनेक भोगाईहरू हामीले पनि अधिकांश साक्षातकार गर्न नपाएका कहाँ हौं र ?आख्यानको विचार र शिल्पमा सबैले खरो, दह्रो, भावपरक र जीवन्त लाग्ने गरी अभिव्यक्ति दिन नसकिएको अवश्य पनि हो । स्रस्टा रामलाल जोशीको जादुमय लेखनी बाआमामा धुवादार रूपमा बिखरिएको छ । बाल्यकालमा बेचिएकी बालिका रामनाथका अघिल्तिर एक रुग्ण, कृसकाया, कमजोर वृद्ध अवस्थामा देखिदा उनका देउकी जीवनका भोगाईबाट जन्मेका सन्तानहरूले उनीहरूका बाका बारेमा सोध्दा बा को नाम पनि भन्न नसकेर उनका सन्तानहरूले उनलाई अलपत्र छोडेका र त्यसपछि को निरिह उनको अवस्था आख्यानमा सस्पेन्समै रहेका कहाली लाग्दो जीवन कारुणिक छ। साच्चै उपन्यासले रुवाएको छ ।

हो अहिले देशको परिवेश दुखद् छ । जनजीवन खुशीको खोजीमा नैराश्यताको भुमरीमा फसेको छ । यस्तो बेला लेखिने साहित्य पनि सरोकारवालालाई जिम्मेवार हुन लेखिएको साहित्य हो बाआमा । अझ भन्नुपर्दा शिक्षित जनशक्ति जसले देशलाई समृद्ध बनाउन आफूले प्राप्त गरेको ज्ञान र सिपबाट देशमा रहेका अनेक सम्भावनाहरूको खोजी र कार्यान्वयन मनषा, बाचा, कर्माणाले गर्नुपर्ने हो ।

विद्यालय र विश्वविद्यालयले दिने शिक्षा पनि यही हो । तर वर्तमान दक्ष भनिने र पठित, विद्वत जनशक्ति देशमा केही देख्दैन। सर्वत्र बिग्रेको मात्र देख्छ । त्यसको सुधारको असम्भव जस्तै ठान्छ र आफ्नो देशलाई समृद्ध बनाउन छोडेर समृद्ध भनिएका देशतिर हुईकिन्छ । यस्तो जनशक्ति उत्पादन गरिरहेको शिक्षा प्रणालीलाई पनि वर्तमान प्रणालीमै स्थिर रहन हुन्न अब भनेर घचघचाई रहेको छ बाआमा ।

भर्खरै

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार
दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान

Death-body-900px

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते