"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

टीकापुरको मूलमानीमा नुहाउने क्रममा डुवेर फेरि एक जनाको मृत्यु

Khabar Raftar

पृथ्वी लोहार भदौ १९ टीकापुर । कैलालीको सुदूरपूर्वी टीकापुर नगरपालिका वडा नंम्बर–२ स्थित जनशक्ति सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रभित्र रहेको मूलपानीमा नुहाउने क्रममा शनिवार फेरि एक जनाको र्मत्यु भएको छ ।
यस अघि मूलपानी मै पटक पटक गरी करिव आधा दर्जनले नुहाउने क्रममै ज्यान गुमाइ सकेका छन् ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार जानकी गाउँपालिका वडा नंम्बर–८ पहाडीपुरका २० वर्षीय पुष्पराज उपाध्यायको मृत्यु भएको हो । उनी टीकापुरमै अध्ययनकै क्रममा आफन्त कहाँ बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चार पाँच जनाको समूहमा नुहाउन गएका उनिहरु मध्ये उपाध्याय दिउँसो करिव ४ बजेतिर नुहाउने क्रममा पानीमा डुबेर बेहोश भएको र उनलाई साथीहरूले उद्दार गरी उपचारका लागि टीकापुर अस्पताल पु¥याए लगतै मृत्यु भएको हो । करिव साढे ४ वजे टीकापुर अस्पताल पुर्‍याइए लगत्तै पुष्पराजलाई अस्पतालले मृत घोषित गरेको बताईएको छ ।
पुष्पराज टीकापुरस्थित कर्णाली प्राविधिक नमूना माध्यमिक विद्यालयमा कक्षा १२ मा सव–ओभरसियर अध्ययनरत भएको बताइृएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले शुक्रवार प्रकाशित गरेको कक्षा १२ को परिक्षामा उनी उत्तीर्ण भएको बताइृएको छ ।
कक्षा १२ पास भएको खुशीयाली मनाउन उनी सहित साथीहरू मूलमानी पुगेका बताइएको छ ।
समाचार स्रोतका अनुसार मृतकको अनुहारमा हल्का चोट रहेको छ भने उनीसँगै नुहाउन गएका उनका साथीहरुलाई प्रहरीले घटनाका सम्बन्धमा सोधपुछ र थप अनुसन्धान गरिरहेको बताइएको छ ।

मूलपानीमा यस अघि समेत पटक पटक गरी आधा दर्जनले ज्यान गुमाइ सकेका छन् ।
टीकापुर नगरपालिका र जनशक्ति सामुदायिक वन उपभोक्ता समूहद्वारा त्यहाँ पर्यटकीय गन्तब्य प्रवद्र्धनका लागि भ्यु–टावर समेत निर्माण गरिएको छ । पटक पटक हुने यस्ता दुर्घटना न्युनीकरणका लागि नगरपालिका लगायत अन्य निकायले यसतर्फ बेलैमा ध्यान दिन जरूरी देखिएको छ ।

भर्खरै

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु
गोदावरीबाट भन्सार छलीका सामान बरामद
कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने
स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ
सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली
हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी
कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित पूर्व असइ पक्राउ
अछाममा राष्ट्रिय योग दिवस मनाइयो
सरकारले भूकम्प र बाढीपहिरो पीडितका घर पुनर्निर्माण गर्ने
माघे सक्रान्तीको अवसरमा कैलालीको गोदावरीमा भक्तजनको घुईचो

धेरै कमेन्ट गरिएको

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

swayam-sebika

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु

saman-baramad-godawari

गोदावरीबाट भन्सार छलीका सामान बरामद

HPV-Vaccine

कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने

cropped-cropped-khabar-raftar-2.png

स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ

Polish_20250114_180203772_1

सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली

haraiya-2

हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी

Kha-22025-01-13-08-33-11

कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित पूर्व असइ पक्राउ

ac

अछाममा राष्ट्रिय योग दिवस मनाइयो