साउन १७ धनगढी । थारु समुदायले मंगलबार गुरही पर्व धुमधामसंग मनाएका छन् । बाल बालिका सहित युवायुवतीले गुरही पर्व मनाएका हुन । धनगढीको गुरही चौकमा गुरही पर्व मनाइएको हो ।
हरेक थारु गाउँमा धुमधामसंग गुरही पर्व मनाइएको छ ।गुरही पुर्खौं देखि मनाइदै आएको मौलिक पर्व रहेको सखी सञ्जाल कैलालीका पूर्व अध्यक्ष इन्दु चौधरीले बताइन् । ‘यो हाम्रो मौलिक पर्व हो’, उनले भनिन्,‘गाउँको पश्चिमतिर रहेको चौक वा चउरमा गुरही फालेर पर्व मनाउनु पर्छ भन्ने मान्यता रहि आएको छ ।’
खास गरेर पश्चिमका थारु समुदायले यो पर्वलाई उल्लासपूर्वक मनाउने गरेका छन् । यस समुदायका जानकार व्यक्तिहरुका अनुसार गुरही मुलतः बाल बालिका र कृषिसंग जोडिएको पर्व
हो । यो पर्व मनाएमा बाल बालिकालाई रोगव्याधी नलाग्ने जनविश्वास रहेको छ । यसैगरी, कृषि बालीमा कीराको प्रकोप नहुने जनविश्वास रहेको छ ।
Post Views: 199


