"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सौन्दर्य प्रसाधनका लागि कति खर्च गर्छन् नेपाली महिला ः ८ महिनामा ३ अर्ब ९१ करोडको सौन्दर्य सामाग्री आयात

No data was found

Khabar Raftar

सम्झना विक । सुन्दरताको मानक के हो ? यसको सर्वमान्य इकाई छैन । यद्यपि सुन्दरताप्रति मान्छेको मोह भने विछट्टैको छ । अक्सर मान्छे सुन्दर देखिन चाहन्छन् । सुन्दर कसरी देखिने ? आधुनिक युगमा यसका अनेक विधि छन् । प्लास्टिक सर्जरीदेखि सौन्दर्य संसाधनको प्रयोगसम्म । सुन्दरताको यो दौडमा महिलाहरु बढी अग्रसर छन् । यसबाट अछुतो छैनन्, नेपाली महिला पनि ।

दैनिक जीवनमै मेकअप अनिवार्य बनेको छ, नेपाली महिलाका लागि । अनुहारको आकार प्रकारलाई सुहाउँदिलो बनाउन होस् वा चमक ल्याउन नै, मेकपअ गर्ने प्रवृत्ति व्यापक छ । कतिसम्म भने अनुहारको मेकअप गर्न मात्र नेपाली महिलाले बर्सेनि अर्बौंको सौन्दर्य प्रसाधन खपत गर्छन् ।

बितेको आठ महिनाको तथ्यांकले यही पुष्टि गर्छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुनसम्म ३ अर्ब ९१ करोड ४९ लाख रुपैयाँको सौन्दर्य सामग्री आयात भएको छ ।

लिप मेकअप

ओठलाई रसिलो, मुलायम र आकर्षक बनाउन नेपाली महिलाले लिपिस्टिक, ग्लोस, लिप लाइनर आदि प्रयोग गर्छन् । यस्ता प्रसाधनका लागि आठ महिनामा लिप मेकअपका सामग्री २५ करोड ८० लाख रुपैयाँको आयात गरिएको थियो ।

आई मेकअप

समग्र अनुहारको सुन्दरतामा आँखाको खास भूमिका हुन्छ । आँखाका लागि आइस्याडो, मस्करा, गाजल, कृतिम परेला आदि प्रयोग हुन्छ । सुन्दर आँखाले सबैको ध्यानाकर्षण गराउँछ । भन्सार विभागले दिएको जानकारी अनुसार १६ करोड ६८ लाख बराबरका यी सामग्री आयात भएका छन् ।

मेनिक्योर पेडिक्योर

हात(पाउसँगै नङको सुन्दरतामा पनि महिलाहरु बढी ख्याल राख्छन् । नङलाई सुन्दर बनाउन गरिने मेनिक्योर(पेडिक्योरका लागि चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा १३ करोड १३ लाख रुपैयाँको सामग्री आयात गरिएको छ ।

 

अनुहारको लागि

मेकअप फिनिसिङका लागि कम्प्याक्ट, लुज, मिनरल पाउडर आदि प्रयोग गरिन्छ । आठ महिनाको अवधिमा १९ करोड ८ लाख रुपैयाँको पाउडर आयात गरिएको थियो ।

फेस क्रिम

छालालाई चम्किलो, मुलायम बनाउन फेस क्रिम प्रयोग गरिन्छ । यसका लागि ५१ करोड ६७ लाख रुपैयाँको आयात भएको छ ।

नेलपोलिस

नेल पेन्ट तथा पोलिसका लागि थरीथरीका पोलिस प्रयोग गरिन्छ । साउनदेखि फागुनसम्म ३ करोड ९३ लाख बराबरको नेलपोलिस आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

बडीलोसन

सम्पूर्ण शरीरलाई कोमल, नरम र रसिलो बनाइराख्न बडी लोसन लगाउने गरिन्छ । यी सौन्दर्य प्रसाधनका लागि उक्त अवधिमा ३४ करोड ६२ लाखको सामाग्री आयात गरिएको छ ।

सिन्दूर

सिन्दूर हिन्दू विवाहित महिलाले प्रयोग गर्छन् । आठ महिनाको अवधिमा ७८ लाखको सिन्दूर आयात भएको छ ।

लिपबाम

ओठको सुरक्षाका लागि लिपबामको प्रयोग गरिन्छ । आठ महिनाको अवधिमा ३ करोड ४८ लाखको लिपबाम आयात गरिएको छ ।

यी साम्रगीबाहेक २ अर्ब ३० करोड मूल्य बराबरका अन्य सौन्दर्य प्रसाधन आयात भएको भन्सार विभागले जनाएको छ ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण