"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

चालु आर्थिक वर्षको ६ महिनामा, सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च १३.४२ प्रतिशत

Khabar Raftar

फागुन ०८ धनगढी । चालु आर्थिक वर्षको ६ महिनामा, सुदूरपश्चिम प्रदेश सरकारको १३.४२ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।
आईतबार सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्षको बजेट अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै उक्त कुराको जानकारी गराएको हो ।
चालु आर्थिक वर्षमा ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँ बजेट विनियोजन गरेको सुदूरपश्चिम प्रदेश सरकारले छ महिनामा १३.४२ प्रतिशत अर्थात चार अर्ब सात करोड २२ लाख ३३ हजार रुपैयाँ बजेट खर्च गरेको हो । चालुतर्फ दुई अर्ब ५० करोड एक लाख ६१ हजार (२०.१९ प्रतिशत) र पूँजीगततर्फ एक अर्ब ५७ करोड २० लाख ७२ हजार रुपैयाँ बजेट खर्च भएको मन्त्रालयले जानकारी गराएको छ । वित्तीय व्यवस्था तर्फको खर्च प्रगति भने शुन्य प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
६ महिनामा सबैभन्दा बढी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २१.३२ प्रतिशत बजेट खर्च गरेको छ भने सबै भन्दा कम भौतिक पूर्वाधार विकास मन्त्रालयले १० प्रतिशत मात्रै खर्च गरेको छ । सबैभन्दा बढी विकास बजेट पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयले ६ महिनामा १० प्रतिशत मात्रै बजेट खर्च गरेको छ । मन्त्रालयले ११ अर्ब ७५ करोड ८३ लाख बजेट मध्ये १ अर्ब १६ करोड ७१ लाख मात्रै खर्च गरेको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

त्यसैगरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सबै भन्दा कम ४ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । आर्थिक वर्षमा १ अर्ब ४५ करोड बजेट विनियोजन भएकोमा हाल सम्म ५ करोड ७२ लाख रुपैयाँ मात्रै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले खर्च गरेको छ ।
त्यसैगरी प्रदेश लोकसेवा आयोगले सबै भन्दा बढी खर्च गरेको छ । आयोगले ९ करोड ५३ लाख रुपैयाँ बजेट पाएकोमा ६ महिनामा २ करोड २३ लाख रुपैयाँ खर्च गरेको छ । आर्थिक मामिला मन्त्रालयले ३० करोड ३३ लाख रुपैयाँ बजेट पाएकोमा ३ करोड २४ लाख मात्रै खर्च गरेको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २ अर्ब ११ करोड ३८ लाख रुपैयाँ बजेट पाएकोमा ६ महिनामा ४५ करोड ५ लाख मात्रै खर्च गर्न सकेको छ । त्यसैगरी भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आर्थिक वर्षको शुरुको ६ महिनामा १२ प्रतिशत मात्रै खर्च गरेको छ ।

कुल २ अर्ब ८३ करोड ५६ लाख बजेट पाएको मन्त्रालयले ३४ करोड ३५ लाख मात्रै खर्च गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले २४.२७ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले ४२ करोड ५ लाख बजेट मध्ये १० करोड ३९ लाख मात्रै खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले २१.२१ प्रतिशत खर्च गरेको छ । ५ अर्ब ८ करोड ५९ लाख बजेट मध्ये १ अर्ब २४ करोड ८४ लाख खर्च गरेको छ ।

प्रदेश नीति तथा योजना आयोगले शुरुको ६ महिनामा ३५.२३ प्रतिशत बजेट खर्च गरेको छ । ३ करोड ८ लाख बजेट मध्ये १ करोड रुपैयाँ खर्च गरेको छ । यस्तै स्थानीय तहका लागि विनियोजित बजेट ३३.३७ प्रतिशत खर्च भएको छ । १ अर्ब ७२ करोड ४५ लाख बजेट मध्ये ५७ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ । अघिल्लो आर्थिक वर्षको ६ महिनाको अवधिमा प्रदेश सरकारले १०.१८ प्रतिशत खर्च गरेको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्री तारा लामा तामाङले धेरैजसो ठूला विकास निर्माणका कार्यक्रम तथा आयोजनाको ठेक्का सम्झौता लगायतका कार्यहरू पहिलो अर्धवार्षिक अवधिमा सम्पन्न भई कार्यान्वयनमा गैसकेकाले आगामी दिनमा खर्चमा वृद्धि हुने बताएका छन ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारले,३२ देखि ३३ अर्बको हाराहारीमा बजेट ल्याउने
कञ्चनपुरका ९ वटा स्थानीय तहमा एक करोड देखि १० करोड सम्म बेरुजु
अछाम्मा खच्चर उद्धारमा साहसिक काम गरेका दुई जना प्रहरी पुरस्कृत
लागूऔषध र बहु बिबाह मुद्दाका दुई जना फरार अभियुक्त पक्राउ
गोदावरीमा सवारी भाडाको नाममा ११ लाख ८१ हजार २ सय ५० रुपैयाँ खर्च
अछाम्मा स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल
अतिसङ्कटापन्न खरमजुर संरक्षणका लागि स्थानीयस्तरमा सचेतना
कैलारी गाउँपालिकाले नाफामुलक संस्थालाई साढे तीन लाख दियो
कैलालीमा ७९ हजार मेट्रिक टन बढी आलु उत्पादन
बझाङको जयपृथ्वी नगरपालीकाद्वारा बाख्रा किन्न र खोर निर्माण गर्न ३२ लाख वितरण

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारले,३२ देखि ३३ अर्बको हाराहारीमा बजेट ल्याउने

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cm office1622205403

सुदूरपश्चिम प्रदेश सरकारले,३२ देखि ३३ अर्बको हाराहारीमा बजेट ल्याउने

beruji

कञ्चनपुरका ९ वटा स्थानीय तहमा एक करोड देखि १० करोड सम्म बेरुजु

1111_1

अछाम्मा खच्चर उद्धारमा साहसिक काम गरेका दुई जना प्रहरी पुरस्कृत

pakrau-1

लागूऔषध र बहु बिबाह मुद्दाका दुई जना फरार अभियुक्त पक्राउ

godawari-swasthyakarmi

गोदावरीमा सवारी भाडाको नाममा ११ लाख ८१ हजार २ सय ५० रुपैयाँ खर्च

2_0

अछाम्मा स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल

cropped-cropped-khabar-raftar-2.png

अतिसङ्कटापन्न खरमजुर संरक्षणका लागि स्थानीयस्तरमा सचेतना

kailari

कैलारी गाउँपालिकाले नाफामुलक संस्थालाई साढे तीन लाख दियो