फागुन ०७ धनगढी । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेशले ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’सार्वजनिक गरेको छ । शनिवार सातै वटा प्रदेशमा एकैसाथ पुस्तक सार्वजनिक गर्ने क्रममा धनगढीमा पनि सार्वजनिक गरिएको हो । अनौपचारिक सेवा केन्द्र सदूरपश्मि प्रदेशका संयोजक खडकराज जोशीले नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्न थालेको ३० वर्ष पुरा भएको जानकारी गराउनु भयो ।
उनले सन् २०२१ मा सुदूरपश्चिम प्रदेशमा ७ सय ६ वटा मानव अधिकार उल्लघनका घटना घटेको जानकारी गराउदै सन् २०२० मा सुदूर प्रदेशमा ५ सय १७ वटा मानव अधिकार उल्लघनका घटना घटेको जानकारी गराउनु भयो । प्रदेशमा मानव अधिकार उल्लघनका घटनामा बmमीक रुपमा सुधार हुदै आएको बताउदै उनले सन् २०२१ राज्य पक्षबाट २१ वटा मानव अधिकार उल्लघनका घटना भएको जानकारी गराउनु भयो ।
त्यसैगरी अन्य पक्षबाट ६ सय ८५ जना पीडित भएको उनले जानकारी गराए । सन् २०२१ मा पनि महिलामाथि हुने हिंसामा अझै कमि हुन नसकेको उनले जानकारी गराउनु भयो । सुदखूरपश्चिम प्रदेशमा ५ सय ३३ जना महिलाहरु हिंसाबाट पीडित भएको उनले जानकारी गराउनु भयो । सन् २०२० मा ३ सय ११ जना पीडित भएको उनले जानकारी गराए । स्न २०२१ मा परिवारका सदस्यबाट १३ जनाको हत्या हुँदा यस वर्ष ३ जना महिलाको परिवारजनबाट हत्या भएको इन्सेको वर्ष पुस्तकमा उल्लेख गरिएको छ ।
बर्षपुष्तक सार्बजनिकीकरण कार्याक्रमका प्रमुख अथिति आन्तरिक मामीला तथा कानुन मन्त्री पुर्णा जोशीले राज्य पक्षबाट मानव अधिकार हनन हुने गरेको बताउदै नागरिक र सरकारमा बसेका ब्याक्तिहरुले जिम्मेवार भए मानब अधिकारको संरइक्षण र सम्बर्दन गर्न सकिने बताउनु भयो । मन्त्री जोशीले मानव अधिकार सररक्षण र सम्बर्दनको जिम्मा सकारर प्रहरी र प्रशासनसं जोडीने भए पनि नागरिकको पनि कर्तब्य भएकाले सबैले एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । मानब अधिकार हरेक क्षेत्रमा जोडीएको बताउृदै उनले खाद्यान्न, आबास र विकास सबै कुरामा मानव अधिकारको ग्यारेन्टी गर्न सरकारलागी रहेको बताउनु भयो ।
मन्त्री जोशीले हरेक नागरिकले विभाज्य नहुने हो भने मानव अधिकार हनन नहुने बताउनु भयो । सुदूरपश्चिम प्रदेशका मुख्य न्यायबक्ता कुलानन्द उपाध्ययले नेपाल मानव अधिकार वर्ष पुस्तकले राज्यका तीन वटै अंगलाई सचृत र सजग बनाउने काम गरेको बताउदै राज्यका सबै अंगहरुलाई सहि बाटोमा हिड्न सहयोग गरेको बताउनु भयो । उनले डिजिटल प्राविधीलाई पनि मानव अधिकार बर्ष पुस्तकमा जोडन अनुरोध गर्दै नागरिकको मर्यादा र सार्वभौम अधिकार प्रति सचेतना बढाउने अभिप्रायले नै मानव अधिकार बर्ष पुष्तक सार्बजनीक हुनु महत्वपूर्ण विषय भएको बताउनु भयो । त्यसैगरी प्रमुख जिल्ल असिधकारी किरण थापाले सबैले एकजुट भएर लाग्ने हो भने मानव अधिकारको हननका घटनाहरुलाई न्यूनिकरण गर्न सकिने बताउनु भयो ।
त्यसैगरी कैलाली प्रहरी प्रमुख विश्व अधिकारीले मानव अधिकार उलंघनका घटनाहरु घट्दै गएकामा खुसी ब्यक्त गर्दै प्रहरी मानव अधिकार संरक्षण गर्ने पहिलो निकाय भएकाले प्रहरी मानव अधिकार संरक्षणका लागी प्रतिबद्ध रहेको बताउनु भयो । कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै र्ईन्सेक प्रतिनिधी चित्रा पनेरुले मानव अधिकारबर्ष पुस्तक मोटाउदै गएको र नागरिक दुब्लाउदै गएकाले बर्ष पुस्तक दुब्लाउन सबैको हयोग र समर्थन आवश्यक रहेको बताउनु भयो । ईन्सेकका कृषण विले सञ्चान गर्नु भएको कार्याक्रममा अछामका इन्सेकका प्रतिनिधी शिवराज ढुङ्नालाई सुदूरपश्चिम प्रदेशले सम्मानित गरेको छन । उनलाई ईन्सेकले सात हजार नगद सहित दोसल्ला ओडाएर सम्मानित गरेको हो । उनले सम्मानले काम गर्ने हौषला बढाएको बताएका छन ।


