माघ १२ धनगढी
राष्ट्रियसभा सदस्यका लागी भएको निर्बाचनमा सुदूरपश्चिम प्रदेशबाट सत्तारुढ गठबन्धनका तीनै जना विजयी भएका छन ।
सत्तारुढ गठबन्धनका तर्फबाट खुलातर्फ उम्मदारी दिएका नेपाली काँग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादी केन्द्रका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादी पार्टीकी मदनकुमारी शाह ‘गरिमा’ विजयी भएका हुन् ।
सत्तारुढ गठबन्धनसंग राष्ट्रिय सभा निर्बाचनमा सुदूरपश्मि प्रदेशमा एकलै प्रतिशपर्धा गरेका एमालेका खुल्ला तर्फका उम्मेदार डिल्लीराज भट्ट, दलित तर्फका नरेश विक र महिला तर्फका सन्तोषकुमार थापा शर्मा पराजित भएका छन । गठबन्धनका तर्फबाट खुलातर्फका उम्मेदवार मिश्रले प्रदेशसभा तर्फको कूल ५२ मत मध्ये ३९ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका डिल्लीराज भट्टले १३ मत प्राप्त गरेका थिए । स्थानीय तहतर्फर्को कूल १ सय ७५ मत मध्ये मिश्रले १ सय ४ मत र भट्टले ६९ मत प्राप्त गरेका थिए् । स्थानीय तह तर्फ दुई वटा मत बदर भएको बताईएको छ ।
त्यसैगरी दलित तर्फबाट माओवादी केन्द्रका जगत पार्कीले प्रदेश सभातर्फ ३९ मत र स्थानीय तह तर्फ १ सय ५ मत प्राप्त गरेर विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नरेश विकले प्रदेश सभातर्फ १२ मत र स्थानीय तह तर्फ ६७ मत पाएर पराजित भएका छन् । दलित तर्फ प्रदेश सभामा १ र स्थानीय तह तर्फ ३ मत बदर भएको बताईएको छ ।
त्यसैगरी महिलामा एकीकृत समाजवादीकी शाहले प्रदेश सभातर्फ ३९ मत र स्थानीय तहतर्फ १ सय ९ मत ल्याएर विजयी भईन भने उनका प्रतिद्वन्द्वी एमालेकी सन्तोषकुमार थापा शर्माले प्रदेश सभातर्फ १२ मत र स्थानीय तहतर्फ ६४ मत प्राप्त गरेर पराजित भईन । महिलातर्फको प्रदेशसभातर्फ १ र स्थानीय तहतर्फ २ मत बदर भएको बताईएको छ ।
सुदूरपश्चिम प्रदेशसभामा ५२ जना र स्थानीय तह तर्फ १७५ गरी २२७ जना मतदाता रहेको बताईएको छ ।
दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
- २२ घण्टा अगाडि