"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

घर बनाइदिने प्रस्ताव लिएर मन्त्री झाँक्री राउटे बस्तीमा

No data was found

developer

सङ्घीय सरकारले राउटे जातिका लागि आधारभूत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरेको छ । फिरन्ते जीवनशैली अपनाउने राउटे समुदाय स्थायी बसोबासमा तयार छैनन् ।

आवास निर्माणसम्बन्धी योजना कार्यान्वयनमा ल्याउन शुक्रबार सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसहितको टोली राउटे बस्ती पुग्यो । राउटे अगुवासमक्ष मन्त्री झाँक्रीले स्थानान्तरण गर्न सकिने भवन बनाउन सरकार तयार रहेको बताउँदै भनिन्, ‘तपाईंहरुले चाहेकै जस्तो भवन हामी (सरकार) बनाइदिन्छौँ, जहाँ बसाइँ सर्नुहुन्छ, त्यही भवन बनाउँछौँ ।’ मन्त्रीको उक्त प्रस्तावमा राउटे अगुवा सहमत भएनन् ।

राउटेलाई फकाउन सुर्खेतको सिम्ता गाउँपालिका–४ कालीखोला पुगेको सरकारी टोलीले एउटा जुक्ति निकाल्यो, ‘मितेरी साइनो गाँस्ने’ । अन्ततः मन्त्री झाँक्रीले सम्झना शाही र गाजलु शाहीसँग तथा भवन विभागका महानिर्देशक पदमकुमार मैनालीले प्रकाश शाहीसँग मित लगाए । टोपी, कपडा र सरसामान आपसमा साटासाट गरी मित लगाइएको घोषणा गरियो । मन्त्रीसहितले आफ्ना सदस्यसँग मितेरी साइनो गाँसेपछि समुदायमा केहीबेर खुशीयाली छायो ।

करिब तीन घण्टा मितेरी साइनोसँगै भलाकुसारीपछि राउटे अगुवा फिरन्ते शैलीका संरचनामा बस्न तयार भए । तीनवटै समुदायका मुखिया, पूर्वमुखियासहितको छलफलमा मन्त्री झाँक्रीले स्थानान्तरण गर्न सकिने (ट्रस) प्रकृतिका भवन निर्माणको प्रस्ताव राखिन् भने राउटे अगुवाहरूले अस्थायी भवनमा बस्न तयार हुने वचन दिए ।

राउटे अगुवाकै अनुरोधमा सहरी विकास मन्त्रालयले अस्थायी आवासको प्राविधिक डिजाइन तयार गर्नेछ । सङ्घीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतका प्रमुख अमरबहादुर थापाले चालु आर्थिक वर्षमा विनियोजित बजेटअनुसार भवन विभागले डिजाइनको खाका तयार गर्ने र राउटे अगुवासँग छलफलपछि अन्तिम रूप दिइने बताए ।

‘हामीले एउटा फोल्डिङ गर्न सकिने ट्रस भवनको नमूना राउटे बस्तीमै लिएर देखाउँछौँ’, उनले भने, ‘त्यसपछि राउटेको सुझावअनुसार अन्तिम डिजाइन बन्छ, जहाँ राउटे सर्दैछन्, त्यहीँ अस्थायी भवन बनाइदिन्छौँ, ताकि अर्को ठाउँ सर्दा फोल्डिङ गरेर लैजान सकून् ।’

मन्त्री झाँक्रीले राउटे समुदायमा आवास, शिक्षा र स्वास्थ्योपचारको प्रस्ताव राखेको आयोजना प्रमुख थापाले बताए । छलफलमा शिक्षा र स्वास्थ्यका सवाललाई राउटे अगुवाहरुले खासै महत्व नदिएको उनको भनाइ छ । यसैबीच राउटे समुदायलाई मन्त्री झाँक्रीले व्यक्तिगत खर्चमा ७० थान ब्ल्याङ्केट र एक थान त्रिपाल प्रदान गरेकी छन् । मन्त्रीसमक्ष राउटेले तीन महिनाको सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गर्दै माघी पर्वअगावै भत्ता पठाइदिन आग्रह गरेका थिए ।

भर्खरै

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै
बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्
कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा
कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य
कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु
महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना
सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी
बैतडीमा नसर्ने रोगको परीक्षण सुरु
कैलाली क्षेत्र नम्बर–१ का उम्मेदार जनकराज चौधरीको संकल्प पत्र सार्वजनिक
स्थानीय उत्पादनलाई प्राथमीकता दिऔ

धेरै कमेन्ट गरिएको

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

dhulachaur

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

nirbachan baitadi

बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्

atikraman

कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा

jangal_0

कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य

police-office-kailali-1750325470_2

कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु

dambar-saud-12

महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना

Untitled-49

सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी

health-check-up

बैतडीमा नसर्ने रोगको परीक्षण सुरु