"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

No data was found

developer

भारतमा ओमिक्रोनको फैलावट र नाकाको प्रवेश विन्दुमा संक्रमणदर बढ्दै गएकाले नेपालमा दुई–तीनहप्ता भित्रै कोरोनाले संख्या उच्च आंकलन गर्न सकिने विज्ञहरु बताउँछन् ।

पछिल्ला केही दिनयता कोरोना संक्रमणको ग्राफ बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको तथ्यांक अनुसार एन्टिजेन र पीसीआर गरी १२ हजार ९९ नमुना परीक्षण गर्दा ५४० जनामा संक्रमण पुष्टि भयो । जुन कुल परीक्षणमध्ये ४ दशमलव ४६ प्रतिशत हो ।

एक महिना अगाडि (२२ मंसिर) मा ९ हजार ४५१ नमुना परीक्षण गर्दा २११ जनामा संक्रमण पुष्टि भएको थियो । जुन कुल परीक्षण मध्ये २ दशमलव २३ प्रतिशत हो ।

साप्ताहिक तथ्यांक विश्लेषण गर्दा नेपालमा कोरोना भाइरसको संक्रमणदर विस्तारै उकालो लागेको देखाउँछ । मंसिरको अन्तिम साता संक्रमणदर २ दशमलव ५६ रहेकामा पुसको पहिलो साता २ दशमलव ३०, पुसको दोस्रो साता २ दशमलव ६५ र पुसको तेस्रो साता २ दशमलव ८३ प्रतिशत पुगेको छ । क्रमशः संक्रमण बढ्नुको मुख्य कारण अफ्रिकाबाट सुरु भएको कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन हुनसक्ने विज्ञहरुको अनुमान  छ ।

औपचारिक रुपमा नेपालमा हालसम्म तीन जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । पहिलो पटक २० मंसिरमा दुई जनामा कोरोनाको नयाँ भेरिएन्ट अमिक्रोन संक्रमण भएको थियो । उनीहरु ३ मंसिरमा हवाइ मार्ग हुँदै नेपाल आएका थिए, तर ओमिक्रोन संक्रमण पुष्टि हुँदा १९ मंसिर भइसकेको थियो । ७ पुसमा तेस्रो व्यक्तिमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भयो ।

तर ‘एस जिन नेगेटिभ’को संख्या बढ्नुले ओमिक्रोन संक्रमित बढ्दै गएको अनुमान गर्न सकिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेल बताउँछन् ।

कोरोना पुष्टि भएका नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा स्क्रिनिङ गर्ने गरिएको छ । त्यसक्रममा एस–जिन नेगेटिभ आएका नमुनाको मात्र जिन सिक्वेन्सिङ गर्ने गरिएको छ । ओमिक्रोन भेरियन्ट पुष्टि भएका तीन वटै नमुनाको पनि एस–जिन नेगेटिभ आएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिले ‘एस जिन नेगेटिभ’ आएका २४ वटा नमुनाको जिन सिक्वेन्सिङ भइरहेको छ, जसको नतिजा दुई दिनभित्रमा आउने छ ।

‘केही हप्ता अगाडिसम्म २५०० नमुनामा परीक्षण गर्दा ३ वटा एस जिन नेगेटिभ पाइएको थियो,’ प्रयोगशालाकाकी निर्देशक डा. रुना झा भन्छिन्, ‘अहिले एक हजारको परीक्षण गर्दा पनि ४–५ वटा एस जिन नेगेटिभ केसहरु भेटिरहेका छन् ।’

उनका अनुसार अल्फा भेरियन्ट पुष्टि भएको केही नमुनामा पनि एस जिन नेगेटिभ आएको थियो । हालसम्म डेल्टा भेरियन्टमा एस जिन नेगेटिभ आएको छैन । पछिल्ला दिनमा भएका जिन सिक्वेन्सिङका नजिताअनुसार नेपालमा अल्फा भेरियन्ट भेटिएको छैन, डेल्टा मात्र भेटिएको छ ।

त्यसैले एस जिन नेगेटिभ देखिएर जिन सिक्वेन्सिङ भइरहेको नमुनाहरुमा ओमिक्रोन भेरियन्ट पुष्टि हुनसक्ने स्वाथ्य मन्त्रालयका अधिकारीहरुको आंकलन छ । ‘नेपालमा ओमिक्रोनले प्रवेश पाइसकेकाले संक्रमित संख्या बढ्दै गएको अनुमान गरिएको छ,’ निर्देशक डा. झाले अनलाइनखबरसँग भनिन् ।

भारतमा अमिक्रोन भेरियन्ट विस्तारै फैलिएको छ । विगतमा पहिलो तथा दोस्रो लहरमा पनि भारत हुँदै नेपालमा कोरोना भाइरस प्रवेश गरेको थियो । अहिले पनि भारतीय सीमा नाका हुँदै नेपाल प्रवेश गर्नेहरुमा ‘एस जिन नेगेटिभ’ देखिन थालेको छ । यसलाई शंकास्पद ओमिक्रोन भेरियन्ट मानिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेल बताउँछन् ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारी पनि अहिले जिन सिक्वेन्सिङका क्रममा रहेका २४ नमुनामा ओमिक्रोन पुष्टि भए नेपालमा पनि यो भेरियन्ट फैलिन थालेको मान्न सकिने बताउँछन् । ती अधिकारी भन्छन्, ‘एस जिन नेगेटिभ आएका सबै नमुनाको जिन सिक्वेन्सिङ गरिरहन असम्भव हुन्छ । सबैतिर ओमिक्रोन फैलिएकाले एस जिन नेगेटिभ आउने नुमनालाई ओमिक्रोन मान्न सकिन्छ ।’

तेस्रो लहरको संकेत

अहिले देशभरका ८९ प्रयोगशालामा कोरोना भाइरसको परीक्षण गर्न सकिन्छ । तर जिन सिक्वेन्सिङ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र धुलिखेल अस्पतालको प्रयोगशालामा मात्र हुन्छ । रिएजेन्ट नभएका कारण धुलिखेलमा एस जिन स्क्रीनिङ  हुँदैन । त्यसैले केही शंस्कापद नमुनाको जिन सिक्वेन्सिङ गरिरहेको छ । प्रयोगशाला तथा संक्रामक रोग अनुसन्धान प्रमुख प्रा. डा. राजीव श्रेष्ठ भन्छन्, ‘हामीले ‘जिन सिक्वेन्सिङ’ गरिरहेका नमुनामा केही तराईबाट आएका छन् भने केही काठमाडौं उपत्यका र काभ्रेका छन् ।’

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार कोभिड–१९ पोजेटिभ आएका सबै नमुनाको स्क्रीनिङ गर्ने र एस जिन नेगेटिभ आएकाहरुको जिन सिक्वेन्सिङ गर्न सम्भव छैन । त्यसैले एस जिन नेगेटिभ आएका नमुनालाई नै ओमिक्रोन भेरियन्ट मान्ने विषयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालगायत निकायहरुबीच छलफल भइसकेको छ ।

संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी पनि एस जिन नेगेटिभ आएका नमुनाहरुमा ओमिक्रोन पुष्टि हुनसक्ने बताउँछन् । उनका अनुसार नेपालमा देखिएको अल्फा भेरियन्टमा केही नमुनामा एस जिन नेगेटिभ भेटिएको थियो । डेल्टामा एस जिन  नेगेटिभ नभेटिएको भन्दै उनी भन्छन्, ‘अहिले ‘एस जिन नेगेटिभ’ आउनु भनेको ओमिक्रोन भेरियन्ट हो भन्ने पुष्टि हुनु हो ।’

इपिडिमियोलोजिष्ट डा. विराज कर्माचार्य पनि एस जिन नेगेटिभ नमुना बढ्दा ओमिक्रोनको केस बढिरहेको बुझ्नुपर्ने बताउँछन् । भन्छन्, ‘यो हाम्रा लागि तेस्रो लहरको संकेत हो ।’

भारतमा ओमिक्रोनको फैलावट र नाकाको प्रवेश विन्दुमा संक्रमणदर बढ्दै गएकाले नेपालमा दुई–तीनहप्ता भित्रै कोरोनाले संख्या उच्च आंकलन गर्न सकिने डा. कर्माचार्य बताउँछन् । ‘ओमिक्रोन डेल्टाभन्दा कम घातक छ, तर बढी संक्रामक भएकाले संक्रमितको संख्या उच्च हुने खतरा छ,’ डा. कर्माचार्य भन्छन्, ‘संक्रमण रोक्न अहिले नै पूर्वतयारी नगर्ने हो भन्ने ठूलो क्षति ब्यहोर्नुपर्ने हुन्छ ।’

उनका अनुसार अन्य मुलुकमा खोप पहुँच नभएकाहरुमा ओमिक्रोनको संक्रमण फैलिएको छ । ‘तत्काल सबै नागरिकसम्म खोपको पहुँच पुर्‍याउनुपर्छ, नत्र संक्रमण बढ्ने जोखिम ठूलो रहन्छ,’ डा. कर्माचार्य भन्छन्, ‘बालबालिकालाई खोप दिन नसकेको खण्डमा स्कुलबाट ‘आउट ब्रेक’ हुनसक्छ ।’

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन