"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

शीतलहर र हिमपातबाट पिन्न बर्गलाई बचाउन गृहमन्त्रीद्वारा २० जिल्लाका प्रजिअलाई दाउरा र लुगा वितरण गर्न निर्देशन

No data was found

Khabar Raftar

माघ १५ धनगढी
तराईमा शीतलहर र हिमालमा हिमपातबाट गरिब विपन्न र अशक्तलाई बचाउन न्यानो कपडा र दाउरा वितरणका लागि गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिनु भएको छ ।
सरकारले गरेको निर्णय शीतलहर र हिमपातबाट बच्न न्यानो कपडा र दाउरा वितरणका लागि गृहमन्त्री बालकृष्ण खाँणले शनिवार २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन सम्पर्क गरेर निर्देशन दिनु भएको हो । गृहमन्त्री बालकृष्ण खाँणले डडेलधुराका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, बझाङका बाबुराम अर्याल, गोरखाका शङ्करहरि आचार्य, ताप्लेजुङका उमेश पाण्डे, मनाङका रवीन्द्र आचार्य र सोलुखुम्बुका गणेशविक्रम शाहीलाई टेलिफोन गरी न्यानोे कपडा तथा दाउराको व्यवस्थापन गर्न निर्देशन दिनु ुभएको हो । त्यस्तैगरी उहाँले मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, खोटाङका फणिन्द्र दाहाल, ओखलढुङ्गाका दिलकुमार तामाङ, सुनसरीका इन्द्रदेव यादव, उदयपुरका वीरेन्द्रकुमार यादव र पाँचथरका सुरेश न्यौपानेसँग जिल्लागत शान्तिसुरक्षा र कोभिड–१९ लगायतका विषयमा जानकारी समेत लिनु भएको छ ।
त्यसैगरी सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल, इलामका माधवप्रसाद ढुङ्गाना, रसुवाका नवराज जैसी, म्याग्दीका चिरञ्जीवी राना, लमजुङकका सुशील वैद्य, सप्तरीका जनार्दन गौतम, रौतहटका कृष्णबहादुर शाही र पर्वतका पर्वत देवी पाण्डे खत्रीसँग टेलिफोनमा जिल्लामा कोभिड–१९ सङ्क्रमणको अवस्था, खोप लगाएकाको संख्या, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणबारे बाँकी पेज ७ मा जानकारी लिनु भएको मन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिनु भयो । गृहमन्त्री खाँणले जिल्ला प्रशासन र जिल्लास्थित सरकारी कार्यालयमा कोभिड–१९ को अवस्था, शान्ति सुरक्षाको स्थिति, तराईमा शीतलहर र हिमालमा हिमपातको प्रभावमा परेका गरिब र अशक्त नागरिकलाई न्यानो कपडा वितरणबारे जानकारी लिनु भएको उनका प्र्र्रेस सल्लाकारले जानकारी गराएका हुन । सरकारले गत मङसिर १ गते नै रकम खर्च गर्ने अख्तियारी सहित तराईमा शीतलहरबाट बच्न र हिमालमा हिमपातबाट बच्न न्यानो कपडा वितरणका लागि निर्देशन दिएको थियो । डडेल्धुराका प्रजिअ प्रेमराज जोशिले हिमपातबाट बच्न नागरिकलाई न्यानो कपडा वितरण, कोभिड सङ्क्रमणको अवस्था र शान्ति सुरक्षाको अवस्थाबारे गृहमन्त्रीले टेलिफोनबाट जानकारी लिएको बताउन ुभयो । त्यसैगरी बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले गृहमन्त्री खाँणले टेलिफोनमा जिल्लामा कोभिड–१९ को सङ्क्रमणको अवस्थाका वारेमा जानकारी लिनुभएको बताउदै कोरोना रोक्नका लागि खोप लगाउने कार्य, आइसोलेसन, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणबारे जानकारी लिएको बताउनु भयो । मन्त्रीज्यूले बिहान टेलिफोनमा जिल्लामा शान्ति सुरक्षाको अवस्था, कोभिड सङ्क्रमण, कोभिड विरुद्धको खोप र हिमपातको विषयमा जानकारी लिनुभएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी गराउनु भयो । भारतबाट आउने नागरिकमा कोभिडको सङ्क्रमणबारे पनि मन्त्री खाँणले जानकारी लिएको उहाँले बताउनु भयो । इलामका प्रजिअ ढुङ्गानाले सीमाबाट आएका नागरिकमा कोभिड सङ्क्रमणको अवस्था, निको हुने दर, विद्यालय सञ्चालनको अवस्था कस्तो छ भनेर मन्त्री खाँणले जानकारी लिएको जानकारी गराउनु भयोे ।

भर्खरै

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै
बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्
कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा
कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य
कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु
महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना
सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी
बैतडीमा नसर्ने रोगको परीक्षण सुरु
कैलाली क्षेत्र नम्बर–१ का उम्मेदार जनकराज चौधरीको संकल्प पत्र सार्वजनिक
स्थानीय उत्पादनलाई प्राथमीकता दिऔ

धेरै कमेन्ट गरिएको

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

dhulachaur

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

nirbachan baitadi

बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्

atikraman

कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा

jangal_0

कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य

police-office-kailali-1750325470_2

कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु

dambar-saud-12

महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना

Untitled-49

सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी

health-check-up

बैतडीमा नसर्ने रोगको परीक्षण सुरु