"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बझाङमा पहिलो दिन जिल्ला भरी १ हजार ४ सय ९७ जना किशोरीहरूले एचपीभी खोप लगाए

No data was found

Khabar Raftar

फागुन ०६ बझाङ । बझाङमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियानको पहिलो दिन जिल्ला भरी १ हजार ४ सय ९७ जना किशोरीहरूले खोप लगाएका छन् । फागुन ४ गतेदेखि सुरु गरिएको पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियानको पहिलो दिन कक्षा ६ का १ हजार ४ सय ८० जना छात्रा र विद्यालय नजाने उमेर समूहका १७ जना किशोरी गरी १ हजार ४ सय ९७ जना किशोरीहरूले लगाएका हुन ।

जिल्ला स्वास्थ्य कार्यालयले साइपाल गाउँपालिकाका २८, बुगल नगरपालिकाका २ सय ८४, सुर्मा गाउँपालिकाका १सय, तल्कोट गाउँपालिकाका १ सय १६, मष्टा गाउँपालिकाका १ सय ८, जयपृथ्वी नगरपालिकाका १ सय ८७, छबिसपाथीभेरा गाउँपालिकाका ६८, दुर्गाथली गाउँपालिकाका ८७, केदारस्यु गाउँपालिका १ सय ३५, बित्थडचिर गाउँपालिकाका १ सय ७२, थलारा गाउँपालिकाका १ सय ३५, र खप्तडछान्ना गाउँपालिकाका ७७ जनाले खाप लगाएको जानकारी गराएको हो ।

त्यसैगरी स्वास्थ्य कार्यालय बझाङले खोप अभियानको अनुगमन पनि गरेको छ । जिल्ला खोप समन्वय समिति प्रमुख नर बहादुर बोहराको नेतृत्वमा केदारस्यु र छबिसपाथीभेरा लगायतका खोप केन्द्रमा अनुगमन गरिएको हो । अनुगमनमा स्वास्थ्य कार्यालयका भानुभक्त जोशी र जनस्वास्थ्य अधिकृत पारस खड्काको उपस्थिर्त रहेको थियो ।

अनुगमन टोलीले विद्यालय पुगेर किशोरीहरूले खोप पाए नपाएको जानकारी सङ्कलन गर्नूकासाथै खोपको महत्वबारे बुझाउँदै, छिमेकमा छुटेका किशोरीहरूलाई खोप अभियानमा ल्याउन आग्रह गरेको छ । खोप अभियानका लागि १२ वटै स्थानीय तहका विद्यालयहरूमा खोप केन्द्र तोकिएको छ । स्वास्थ्य कार्यालय बझाङका प्रमुख लाल बहादुर धामीले लक्षित उमेर समूहका सबै किशोरीहरूले खोप पाउन अभिभावक, विद्यालय र सरोकारवालालाई पूर्ण सहयोग गर्न आग्रह गरेका छन् ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत