सुदूरपश्चिम प्रदेश सुन्दर सुदूरपश्चिम हुदाहुदै पनि छाउपडीको प्रदेशका रुपमा विक्रीत परिभाषा गरिनु दुखद विषय हो । जसले सम्पूर्ण सुदूरपचिम प्रदेश बासीलाई आघात पु¥याएको छ । त्यसैले हामीले सचेत नागरिकको भूमीका निर्बाह गर्न जरुरी छ । २०७६ सालमा दश दिनभित्र अछाम्मा करिब एक हजार गोठ भत्काइए पनि अहिले सम्म महिलाहरुले भोग्नु परेको सास्ती कम हुन सकेको छैन । भलनै उनीहरुको अबश्था दयनिय बन्दै गएको छ ।
पाल टागेर बसेका छाउपडी महिलाहरुको माथीबाट टुङगा खसेर मृत्यु भएको घटनाहरु पनि ताजै छन । छाउगोठ भत्काउनुलाई राज्यको सफलता भनेर प्रस्तुत गरिएको भए पनि सात वर्षपछि सम्म पनि छाउपडी समस्या उस्तै रहेको छ । छापडी महिलाहरुले भोग्नु पर्ने समस्या उस्तै रहेको छ । छाउपडी गोठ भत्किँए पनि मानसिकता भत्काउन नसक्दा महिलाहरुले दख सहदै आउनु परेको छ ।
गम्भीर सामाजिक समस्याका रूपमा कायमरहेको छाउपडी प्रथा कायमै हुदा महिलाहरुले सास्ती खेप्नु परेको अबश्था छ । सरकारी पहल र दबाबमा केही समय सम्म घरमा बस्न थालेका महिलाहरु फेरी ओढार खोज्दै हिड्नु पर्ने अबश्थाको अन्त्य गर्न जरुरी छ । छाउपडीका कारण महिलाहरू र किशोरीहरूले ज्यान गुमाएका कैयौँ घटनाहरू भए पनि अझै महिनावारीको समयमा महिलाहरु छाउगोठमा बस्न बाध्य छन ।
असुरक्षित छाउगोठमा आगो बाल्दा धुवाँमा निसास्सिएर, जंगली जनावर वा सर्पले टोकेर, अत्यधिक चिसोका कारण महिलाहरुको मृत्यु भएका थुप्रै उदाहरणहरु छन । राष्ट्रिय मानव अधिकार आयोगको २०१९ को प्रतिवेदन अनुसार सन् २००५ यता छाउगोठमा १८ जना महिलाहरुको मृत्यु भई सकेको छ । जसमा १३ जना महिला अछामका रहेका छन । त्यसैगरी २०१८ देखि २०१९ सम्म एक बर्षको अबधीमा १६ जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिम र कर्णालीका धेरै जिल्लामा अझै छाउपडी जीवित रहेको छ । सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथाको अन्त्य गर्न स्थानीय नागरिक मानसिक रुपमा तयार हुन जरुरी छ । राज्य पनि गम्भिर हुन जरुरी छ । पुरातनबादी सोच भत्काउने योजना बनाए। अगाडी बढ्न आवश्यक छ । छाउपडी प्रथाका नाम्मा महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गर्न सरकार,स्थानीय तह र नागरिक एकजुट हुन आवश्यक छ । सुन्दर सुदूरपश्चिम प्रदेशलाई बदनाम गरि रहेको छाउपडी प्रथाको अन्त्य गर्न कानुन बनाएर ब्याबहारमा लागु गर्न जरुरी छ ।

