"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

No data was found

Khabar Raftar

माघ ०२ धनगढी । भारतीय सरकारी स्वामित्वको कम्पनी एनएचपीसी लिमिटेडले पश्चिम सेती जलविद्युत् आयोजनाका लागी लगानी बोर्डसँग करिब ४० अर्ब रुपैयाँ माग गरेको छ । प्रतिस्पर्धाबिना पश्चिम सेती र सेती नदी–६ (एसआर–६) जलविद्युत् आयोजना पाएको एनएचपीसीले निःशुल्क बिजुली दिनुपर्ने दायित्व र आयोजनाबाट तत्काल पर्याप्त वित्तीय प्रतिफल नआउने तर्क गर्दै लगानी बोर्डसँग करिब ४० अर्ब रुपैयाँ माग गरेको हो । एनएचपीसीले ४० अर्ब रुपैयाँ बराबरको सम्भाव्यता न्यून परिपूरक कोष (भायबिलिटी ग्याप फन्डिङ–भीजीएफ) माग गरेको हो ।

लगानी बोर्ड, कार्यालयका अनुसार एनएचपीसीले आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) का आधारमा भीजीएफ आवश्यक पर्ने प्रस्ताव पेश गरेको हो । जलाशययुक्त पश्चिम सेती आयोजना दीर्घकालीन रूपमा लाभदायक भए पनि प्रारम्भिक चरणमा वित्तीय रूपमा सम्भाव्यता नदेखिएको कम्पनीको निष्कर्ष छ ।

सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन,२०७५ अनुसार वित्तीय रूपमा तत्काल सम्भाव्यता नदेखिए पनि दीर्घकालीन रूपमा सकारात्मक प्रतिफल दिने पूर्वाधार आयोजनाका लागि सरकारले भीजीएफ उपलब्ध गराउन सक्ने व्यवस्था छ । ऐनको दफा ४३ मा यस्ता परियोजनाका लागि सम्भाव्यता न्यून परिपूरक कोष स्थापना गर्ने र बोर्डको सिफारिसमा अनुदान वा सहुलियत ऋण उपलब्ध गराउन सकिने उल्लेख छ ।

यद्यपि नेपालमा हालसम्म सरकारले भीजीएफ प्रयोग गरेर कुनै आयोजना कार्यान्वयन गरेको उदाहरण छैन । यसअघि बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि भीजीएफ दिने र नदिने दुवै मोडेल तयार गरिएको भए पनि अर्थ मन्त्रालयको सहमति नपुग्दा प्रक्रिया अगाडि बढ्न सकेको थिएन । लगानी बोर्ड, कार्यालयका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीका अनुसार एनएचपीसीले ४० अर्ब रुपैयाँ बराबरको भीजीएफ आवश्यक पर्ने दाबी गरे पनि यसबारे हालसम्म कुनै निर्णय भएको छैन ।

‘भीजीएफ आवश्यक छ भन्ने प्रस्ताव आएको छ तर त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने टुंगो लागेको छैन,’ ज्ञवालीले भनेका छन । ‘जलाशययुक्त आयोजना भएकाले र समझदारी अनुसार २१.९ प्रतिशत निःशुल्क विद्युत् दिनुपर्ने भएकाले वित्तीय रूपमा आयोजना भायाबल भएन भन्ने उनीहरूको भनाइ    छ ।’ लगानी बोर्डको ६४ औं बैठकले करिब १ खर्ब ६० अर्ब रुपैयाँ लागत अनुमान गरिएको पश्चिम सेती आयोजनाको डीपीआर थप अध्ययन गर्ने निर्णय गरेको थियो ।

विज्ञ टोलीले डीपीआरको अध्ययन गरिरहेको र त्यसको निष्कर्ष पछि मात्रै निर्णय हुने ज्ञवालीले बताए । १३ मंसिर २०८१ मा बसेको बोर्ड बैठकले पश्चिम सेती आयोजनाको क्षमता ७ सय ५० मेगावाटबाट बढाएर ८ सय मेगावाट बनाउने निर्णय गरेको थियो । यसअघि आयोजना निर्माण अनुमति पाएर लामो समयसम्म काम नगरेपछि सरकारले चिनियाँ कम्पनी चाइना थ्री गोर्जेज इन्टरनेसनल कर्पोरेसन (सीटीजीआई) सँगको सम्झौता तोडेको थियो ।

पछि सरकारले २०७५ चैतमा लगानी सम्मेलनका क्रममा पश्चिम सेती र एसआर–६ आयोजना एनएचपीसीलाई अघि बढाउने गरी ‘सोकेस’मा राखेको थियो । २ भदौ २०७९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा लगानी बोर्ड र एनएचपीसी लिमिटेडबीच दुवै आयोजनाको विकास सम्बन्धी सम्झौता भएको थियो । सम्झौता अनुसार सर्वेक्षण अनुमति पाए पछि दुई वर्षभित्र डीपीआर तयार गरी लगानी बोर्डमा पेश गर्नुपर्ने व्यवस्था थियो ।

डीपीआरको विश्लेषण पछि परियोजना अगाडि बढाउने निर्णय भए परियोजना विकास सम्झौता (पीडीए) हुने जनाइएको छ । यसअघिका अध्ययन अनुसार ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती आयोजनाको लागत करिब १ अर्ब ३२ करोड अमेरिकी डलर र ४ सय ५० मेगावाट क्षमताको एसआर–६ आयोजनाको लागत करिब ८ सय मिलियन अमेरिकी डलर अनुमान गरिएको थियो । सम्झौतामा व्यावसायिक उत्पादन सुरु भएपछि २१.९ प्रतिशत विद्युत् निःशुल्क उपलब्ध गराउनु पर्ने प्रावधान रहेका छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान