पौष ११ धनगढी । सुदूरपश्चिम प्रदेशमा पहाडी जिल्लाका सात वटा मध्ये बाजुराको कोल्टी विमानस्थल बाहेक सबै बन्द रहेका छन । बझाङ, डोटीको दिपायल, बैतडीको पाटन तथा अछामको साँफेबगर र कमलबजार विमानस्थलका धावनमार्ग कालोपत्रे गरेर स्तरोन्नति गरिएका भए पनि विमानस्थल बन्द रेहेका हुन । दार्चुलाको गोकुलेश्वर विमानस्थलको स्तरोन्नति हुन सकेको छैन । ०३६ सालमा निर्माण भएको बैतडीको पाटन विमानस्थल ०५१ सालमा बन्द भएको थियो ।
दुई दशक पछि कालोपत्रका लागि तयारी सुरु भएर ०७७ सालमा पुनर्निर्माण भए पछि ०७७ साल असोज १७ गते तत्कालीन नागरिक उड्डयनमन्त्री योगेश भट्टराई समिट एयरको १९ सिटे जहाज लिएर पाटन पुगेका थिए । उनले डोटी, बझाङ र बैतडी गरी तीनवटा विमानस्थलमा परीक्षण उडान गरेका थिए । सुरुमा हप्तामा दुई उडान र त्यसपछि हप्तामा एक उडान गरेको समिट एयरले ०७८ पुसपछि उडान बन्द गरेको थियो ।
पाटनमा विमानस्थल बन्द भएसँगै ६५ किलोमीटरको दूरीमा रहेको दार्चुलाको गोकुलेश्वर विमानस्थलको पुनर्निर्माण सुरु गरिएको थियो । पुनर्निर्माणका लागि तीन करोड ५८ लाखमा ठेक्का भएको थियो । तर, अहिले सम्म निर्माण अधुरै रहेको छ । बझाङ विमानस्थलमा ६३० मिटर लम्बाइ र २० मिटर चौडाइको कालोपत्र धावनमार्ग रहे पनि जहाज उड्ेको छैन । अछामको साफेबगरमा ५५० मिटर रनवे भएको विमानस्थलमा पनि जहाज नउडेको लामो समय भएको छ ।
‘कहिलेकाहीँ समिट एयरको जहाज आउने गरेको भए पनि, डेढ वर्षयता विमानस्थल सुनसान बनेको छ,’ साफेबगर नगरपालिकाका मेयर राजेन्द्रबहादुर कुँवरले ‘सरकारसँग विमान नभएको र निजी क्षेत्रकाले उडान नभर्ने गरेकाले करोडौँका संरचना प्रयोगविहीन भएको बताए । साफेबगरबाट करिब ५३ किलोमिटरको दूरीमा रहेको अछामकै कमलबजार विमानस्थल पनि अलपत्र प।ेको छ । यो विमानस्थल भने कालोपत्र नभई सबबेस मात्रै हालेर सम्याइएको छ ।
४९० मिटर लम्बाइ र २० मिटर चौडा कालोपत्र धावनमार्ग रहेको डोटीको दिपायल विमानस्थल पनि बन्द छ । पुनर्निर्माण पछि कहिलेकाहीँ मात्र उडान हुने यो विमानस्थल पछिल्लो एक वर्षयता सुनसान छ । ‘एक वर्षअघिसम्म कहिलेकाहीँ जहाज आउँने गरेको भए पनि त्यसयता बन्द छ ।
सिलगढी नगरपालिकाका उपमेयर कलावती साउदले बाजुराको कोल्टी विमानस्थलको अवस्था भने सुदूरपश्चिमका पहाडी जिल्लाको भन्दा केही भिन्न रहेको बताईन । नेपाल एयरलाइन्सको हप्तामा ३, समिट एयरको २ र तारा एयरको २ उडान हुने गरेको बुढीनन्दा नगरपालिका वडा नम्बर–३ का रामबहादुर बोहराले बताए । त्यसैगरी, सीता एयरले समेत यात्रु पाएमा उडान भर्ने गरेको उनले बताए ।


