पौष १० कञ्चनपुर । आफुले लिँदै नलिएको ऋण देखाएर एनएमवी बैकले करोडौं मूल्यको घर लिलाम गरेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का अजय विकको परिवारन्यायको खोजीमा लागेको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर१० झलारीस्थित ६१६ नम्बर कित्तामा बनेको करोडौ मूल्यको घर आफुले लिँदै नलिएको ऋण देखाएर एनएमवी बैकले लिलाम गरेपछि विक परिवार न्यायको खोजीमा लागेको हो । २०७५ साल कार्तिक २० गते एनएमवि बैंकको झलारी शाखाबाट १५ वर्षका लागि धितो राखेर २९ लाख ५० हजार घर कर्जा लिएको बताउदै विकले बैकको महेन्द्रनगर शाखाले ३७ लाख ऋण देखाएर घर लिलामी गरेको जानकारी गराए ।
बैंकको झलारीस्थित शाखाबाट ऋण ििलएको बताउदै उनले पाँच वर्षपछि बंंैकको महेन्द्रनगर शाखाबाट २०७५ मा लिएको ३७ लाख ऋण चुक्ता नभएको भन्दै धितो लिलाम गरेको बताए । बैंकबाट नलिएको ३७ लाख ऋण अशुली गर्न करोडौं मूल्यको घर लिलाम भएपछि आफु अन्यायमा परेको विकले बताए । न्यायका लागि प्रहरी, प्रशासन, राजनीतिक दल सबैसंग गुहार गरे पनि कसैले साथ नदिएको विकले बताए । एनएमबी बैंकको झलारी शाखाबाट २०६६ कार्तिक २० गते कित्ता नं. २०७८, १११८, ५१६ र ३०९१ धितो राखेर ३७ लाख ऋण लिएको बताउदै विकले चारै कित्ता धितोको ऋण २०७८ माघ १७ गते चुक्ता गरेको जानकारी गराए ।
ऋण चुक्ता अघि बिकले ६१६ नम्बर कित्तामा बनेको घर धितो राखेर २९ लाख ५० हजार ऋण लिएको बताउदै बैंकले मालपोतमा धितो रोक्का गराउँदा पनि २९ लाख ५० हजार मूल्य उल्लेख गरिएको विकले बताए । बैंकले लिलाम गर्दा त्यहीं ऋणलाई ३७ लाख ५० हजार भनेर घर लिलाम गरेको बताउदै विकले बैंकले किर्ते र ठगी गरेकाले न्याय खोज्दै हिडेको बताए । २०६६ सालमा लिएको ऋण सबै चुक्ता गरि सकेको बताउदै उनले त्यसपछि ६१६ नम्बरको कित्ता धितो राखेर ऋण लिएको बताए । त्यसको किस्ता र ब्याज गरी मासिक ३७ हजार ५ सय तिर्दै आएको बताउदै उनले २०८० असार सम्म किश्ता तिरेको बताए ।
२०८० असोज २९ गते बैंकका कर्मचारी पसलमा आएपछि २ लाख हालेर आएको बताउदै उनले त्यसपछि फेरि ११ हजार पुगेन भनेर त्यो पनि दिएको बताए । त्यो रकम कुन खातामा हाल्यो, के ग¥यो केही थाह नभएको बताउदै विकले त्यसको ६ महिना पछि बैंकले लिलामी प्रक्रिया सुरु गरेको बताए । लिलाम प्रक्रिया सुरु भएपछि बैंकको झलारी शाखामा २ लाख नगद र एक लाखको चेक लिएर जाँदा बैंकले नबुझेर धनगढी प्रदेश कार्यालय पठाएको विकले बताए । बैंकको तत्कालिन प्रदेश कार्यालयका कर्मचारी गणेश जोशीले पूरा रकम चुक्ता गर्न भनेको र ६ महिनाका लागि समय दिन आग्रह गरेपछि उनले झलारीका केही व्यापारीसित कुरा गर्न लगाएको बताए ।
बिकले आफ्नो ऋणका लागि अरुसित कुरा नगर्ने अडान लिएपछि जोशीले अर्को व्यक्तिसित कुरा गर्न लगाएको उनले बताए । जोशीले कुरा गर्न लगाएका ती अर्को व्यक्तिको नाम आफुलाई थाह नभएको विकले बताए । आफु र ती व्यक्तिको फोनमा भनाभन भएपछि जोशीले मोबाइल खोसेको विकले बताए । जोशीले फोन गर्न लगाएका ती व्यक्तिले ऋण तिर्ने तेरो हैसियत छैन भनेपछि भनाभन भएको विकले बताए । बैंक कर्मचारी जोशीले त्यहीं बेला उनलाई आफू मुद्दा हाल्नु भनेर चेतावनी दिएको समेत विकले बताएका छन ।
बैंकले फोनमा कुरा गर्न अस्वीकार गरेका झलारीका ती व्यवसायीको परिवारका नाममा धितो लिलाम सकार गरेको विकले बताए । बिक परिवारले एक साताभित्र बैंंकको सबै ऋण चुक्ता गर्छौ भन्दा पनि बैंकले ३५ दिने सूचना सार्वजनिक गरी बिकको डेढ करोड मूल्यको घर ३७ लाखमा लिलाम गरि दिएको छ । बैंकमा ऋण चुक्ता गर्न जाँदा झलारी शाखामा खाता बन्द भइ सकेको भन्दै पैशा लिन अस्वीकार गरेको विकले बताएका छन । बैंकले लिलाम प्रक्रिया अघि बढाए पछि बैंकबाट कागजात ल्याएर हेर्दा त्यसमा बैंकको महेन्द्रनगर शाखाबाट ३७ लाख ऋण लिएको उल्लेख गरिएको पाइएको विकले बताए ।
‘ऋण तिर्छु भन्दाभन्दै पनि जबरजस्ती लिलाम गरेपछि न्याय खोज्दै जाँदा बैंकमा पुगेको बताउदै उनले बैंकले कागजात दिन नमानेको बर्ताए । सबै कागजात केन्द्रीय कार्यालय पठाई सक्यौ भनेको बताउदै उनले महेन्द्रनगर शाखाको नाममा ३७ लाखको ऋण भनेपछि वकिल कहाँ गएको विकले बताए । वकिलले भनेपछि कागजात दिएको बताउदै विकले कागजात हेर्दा रुखबाट खसेजस्तै भएको बताए । विकले बैंकको झलारी शाखाका तत्कालिन प्रबन्धक गणेश कार्कीलाई समेत भेटेर ३७ लाख ऋण कसरी आफ्नो नाममा गरिएको भनेर सोधेको बताए ।
तत्कालिन प्रबन्धक कार्की बंैक छाडेर अन्यत्र छन् । बैंकले नक्कली कागजात खडा गरी आफ्नो नाममा ३७ लाख ऋण देखाएर किर्ते गरेको भन्दै विकले बैंक कर्मचारी विरुद्ध किर्ते मुद्दा समेत दायर गरेका थिए । बैंकका तत्कालिन प्रदेश कार्यालयका जोशी सहित कर्मचारीले करोडौं मूल्यको घरलाई मिलेमतो गरी लिलाम चढाएको विकले बताएका छन । बैंकको प्रदेश कार्यालयका कर्मचारी जोशीले बिकलाई गैर बैकिङ्ग क्षेत्रका व्यक्तिसित कुरा गर्न लगाएकाले धितो लिलाममा षडयन्त्रको गन्ध आएको छ । बैंकले लिलाम सकार गरेपछि घर बाटो सिफारिश पनि किर्ते गरेको पाइएको छ ।
बैंकका कर्मचारी दिपक भट्ट आफैं वडा कार्यालयमा गएर विक परिवार महेन्द्रनगर भएकाले आउन नसक्ने भन्दै वडाबाट घर बाटो सिफारिश लिएको पाइएको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष लाल बहादुर ऐरले त्यसको केही दिनपछि बैंक कर्मचारी भट्टले कार्यालयलाई झुक्याएर घर बाटो सिफारिश लिएको भन्दै किर्ते गरेको पत्र दिएका छन् । विक परिवारले न्यायको खोजी गर्न थालेपछि बैंकले लिलाम प्रक्रियामा संलग्न सबै कर्मचारी हेरफेर गरेको छ ।
प्रदेश कार्यालयका जोशी र झलारी शाखाका तत्कालिन प्रमुख छविराज जोशी अन्यत्र शाखा सरुवा गरिएका छन् । बैंकको महेन्द्रनगर शाखाका प्रमुख सहितको मिलेमतोमा आफ्नो घर लिलाम गरिएको विक परिवारले बताएका छन् । ‘यो जानाजान गरिएको योजनाबद्ध कार्यमा संलग्न सबैलाई कारवाही गरी न्याय गरी दिन विकले आग्रह गरेका छन । बैंकको झलारीस्थित शाखाका ऋण शाखा कर्मचारीले सबै कागजात केन्द्रिय कार्यालयमा पठाएको बताएकाले आफुसंग केही नभएको बताएका छन ।


