पौष १० कञ्चनपुर । विशेष अदालतले सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितताको अभियोग लागेका कैलालीको जानकी गाउँपालिका वडा नम्बर–१ का वडा सचिव प्रेमबहादुर बुढालाई २ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरु हेमन्त रावल र विदुर कोइरालाको इजलासले बुढालाई २ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।
गत असोज ३१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको जानकी गाउँपालिका वडा नम्बर–९ का वडा अध्यक्ष खकेन्द्र भण्डारी, वडा सचिब प्रेमबहादुर बुढा सहित वडा सदस्यहरू कल्पना खड्का, सुनकोसा सार्की, बिजय बहादुर रावल, शेरबहादुर विश्वकर्मा, खरिदार पूर्णबहादुर विष्ट, कार्यालय सहयोगी सोनम कठरियाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
उनीहरूमाथि सोही वडामा नै मृत्युदर्ता पञ्जीकरण भएको, एकै नागरिकताबाट दोहोरो सामाजिक सुरक्षा भत्ताको लाभग्राही अभिलेख समेत बनाई जम्मा ६ सय ८३ जना लाभग्राहीको प्रतिवादीहरू आफैले औँठाछाप लगाई प्रमाणित समेत गरेको आरोप लागेको थियो ।
त्यसैगरी नवीकरण नभएको लाभग्राहीको रकम निकासा गरी÷गराई प्रतिवादीहरूले आफूसमेतलाई लाभ र गाउँपालिका र नेपाल सरकारलाई हानि नोक्सानी पु¥याई भ्रष्टाचार गरेको आरोप लागेको थियो ।


