पौष ०९ डोटी । डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार जोरायल गाउँपालिका वडा नम्बर– ६ गापरका २८ वर्षीय खेम साउँदको करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै कोठामा बिजुलीको तार सर्ट भई छातीमा करेन्ट लागेर गम्भीर घाइते भएका साउँदको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको हो ।
Post Views: 73


