पौष ०९ धनगढी । सडक दुर्घटनामा परी घाइते भएका धनगढी उपमहानगरपालीका वडा नम्बर–१३ कैलाली गाउँका अनिरुद्र जोशीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
धनगढीका सिद्धराज पनेरूले आर्थिक सहयोग संकलन गरेर जोशीलाई संकलित रकम हस्तान्तरण गरेका हुन् । आर्थिक अवस्था कमजोर भएका जोशीको उपचारमा सहयोग पुगोस् भनेर विभिन्न व्यक्तिबाट संकलित दुई लाख २९ हजार ६ सय १६ रुपैयाँ हस्तान्तरण गरिएको पनेरूले बताए ।
विभिन्न १ सय २१ जनाले प्रदान गरेको उक्त रकम मङ्गलवार जोशीलाई नगदै हस्तान्तरण गरिएको उनले जानकारी गराए ।
Post Views: 101


