"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आधारभूत शिक्षाको गुणस्तरमा जोड

No data was found

Khabar Raftar

पौष ०९ धनगढी । विद्यार्थीको समग्र सिकाइ उपलब्धि राम्रो बनाउनका लागि आधारभूत तहमा शिक्षाको गुणस्तर अझ राम्रो हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् । सामाजिक विकास मन्त्रालयले युनिसेफ र ब्रिटिस काउन्सिलको सहकार्यमा सोमबार धनगढीमा आयोजना गरेको आधारभूत सिकाइ सम्बन्धमा नीति संवाद कार्यक्रममा उनीहरूले कक्षा १ देखि ३ सम्म शिक्षाको गुणस्तरलाई थप राम्रो बनाउनु पर्ने बताएका हुन ।

सम्पूर्ण सिकाइको फाउन्डेसन आधारभूत तह रहेकाले यो तहमा सिकाइ राम्रो भएमा त्यसले माथिल्लो तहमा पनि राम्रो गर्ने उनीहरूले बताएका थिए । शिक्षाको पहुँचमा समस्या नरहे पनि गुणस्तरमा ठुलो समस्या रहेको मन्त्रालयका प्रदेश सचिव डा. हेमराज रेग्मीले बताए । सुदूरपश्चिम प्रदेशमा आधा घण्टामै विद्यालय पुग्न सकिने विद्यार्थीको सङ्ख्या ९८ प्रतिशत रहेको उनले जानकारी गराए ।

प्रदेशमा शिक्षकको पुनः दरबन्दी पहिलो आवश्यकता रहेको बताउदै रेग्मीले बिचमै विद्यार्थीले विद्यालय छोड्ने दर पनि धेरै भएको बताए । तीन प्रतिशत विद्यार्थी अझै शिक्षाको पहुँचबाट बाहिर भएको बताउदै उनले सबैलाई समेटेर शिक्षाको गुणस्तर वृद्धिका लागि सबैले सहकार्य गर्न आवश्यक भएको बताए । युनिसेफको अध्ययन अनुसार ९.१ प्रतिशत विद्यार्थीले मात्रै कक्षा ३ का लागि तोकिएको पढाइ सम्बन्धी मापदण्ड पूरा गर्ने गरेका छन् ।

त्यसैगरी १६.२ प्रतिशत विद्यार्थीले मात्र एक मिनेटमा ४५ वटा शब्द शुद्धसँग पढ्ने गरेका छन् । उक्त संस्थाका धनगढी फिल्ड अफिसर इन्द्र पन्तले समाज, संस्कृतिलाई सम्बोधन गर्ने हिसाबले सिकाइ नीति बनाउन जरुरी रहेको बताए । उनले फाउन्डेसनमै सिकाइमा सहयोग गर्न आवश्यक रहेको बताउदै“सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेश प्रदेशमा यस्तो संवाद गरेर सबै ठाउँबाट आएको निष्कर्षले नीति निर्माणमा सहयोग पु¥याउने बताए ।

सामाजिक विकास मन्त्रालयका शिक्षा शाखा प्रमुख लोकेन्द्रप्रसाद भट्टले लेखाइ, पढाइ र गणित सम्बन्धी ज्ञान आधारभूत तहमा दिन नसके शिक्षाको गुणस्तर राम्रो हुन नसक्ने उनले बताए ।

भर्खरै

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग
बैतडीमा पनि २८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए

OIP

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न