"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सडक पूर्वाधार विकासले लालझाडीको मुहार फेरियो

No data was found

Khabar Raftar

पौष ०६ कञ्चनपुर । सडक पूर्बाधारको विकासले कञ्चनपुरको लालझाडी गाउँपालिकाको मुहार फेरिएको छ । पछिल्ला वर्षहरूमा सडक पूर्वाधारको तीव्र विकास भए पछि लालझाडी गाउँपालिकाको मुहार फेरिएको हो । वर्षायाममा हिलो र हिउँदमा धुलोले हैरान पार्ने कच्ची सडकहरू क्रमशः कालोपत्रमा परिणत भएपछि स्थानीयको दैनिकीमा समेत परिवर्तन आएको छ । वर्षा सुरु हुनासाथ बाटो विग्रेर बिरामी परे अस्पताल पु¥याउन समेत कठिन हुने अवस्था रहेकोमा अहिले बाटो बनेपछि सहज भएको छ ।

कञ्जका स्थानीय बलराम रानाले सडकमा हिलो जम्ने भएकाले एम्बुलेन्स आउनु त परको कुरो मान्छेले बोकेर लैजान समेत समस्या हुने गरेको सुनाए । हिउँदमा सवारी चल्दा उड्ने धुलोले घर, खेतीपाती र स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरेको सुनाउदै उनले स्थानीय सरकार गठनपछि विकासले गति लिएको बताए । रानाले नदीमा झोलुङ्गे पुल र पछि पक्की पुल निर्माण भएपछि आवत जावत गर्न सहज भएको अनुभव सुनाए ।

दोदा नदीको बल्मी क्षेत्रमा बनेको पक्की पुलले लालझाडीको पहुँचलाई नयाँ उचाइमा पु¥याएको उनले बताए । त्यसैगरी स्थानीय महेश्वरी रानाले आफ्नै घर अगाडि कालोपत्रे सडक देख्दाखुसी लागेको बताईन । सडक बन्ला भन्ने कल्पना समेत नगरेको बताउदै उनले सङ्घीयता र स्थानीय जनप्रतिनिधिको प्राथमिकताकै कारण सडक बन्दा सहज भएको बताईन । गाउँपालिकाको मुख्य केन्द्र देखि भित्री बस्तीहरू सम्म कालोपत्र सडकको सञ्जाल विस्तार हुँदै गएको उनले बताईन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले हालसम्म २७.५ किलोमिटर सडक कालोपत्र भइसकेको जानकारी गराए ।

गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको सहकार्यमा चानदेव–बल्मी सडक, वडा नम्बरं २ को चक्रपथ र वडा नम्बरं १ का रणनीतिक सडक कालोपत्र गरिएको उनले जानकारी गराए । चालु आर्थिक वर्षमा थप ३२ किलोमिटर सडक कालोपत्र गर्ने योजना अघि बढाइएको उनले जानकारी गराए । प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम, एडीबीको पीएलआर कार्यक्रम र चक्रपथ निर्माण मार्फत सडक विस्तार भइरहेको उनले बताए ।

त्यसैगरी कञ्चनपुरमै लालझाडी गाउँपालीका नगर अस्पताल निर्माण गरी अस्पताल सञ्चालनको तयारी गर्ने पहिलो पालीका भएको उनले जानकारी गराए । पूर्वाधार विकाससँगै दोदा नदीमा नन्द गाउँ–बल्मी र लालझाडी–भकुण्डा जोड्ने पक्की पुल सञ्चालनमा आएको जानकारी गराउदै उनले अन्य दुई वटा पुल निर्माणको कार्य अन्तिम चरणमा रहेको जानकारी गराए । संरचना निर्माणले वर्षायाममा जोखिमपूर्ण नदी तर्नुपर्ने बाध्यताको अन्त्य गरेको उनले बताए ।

सडक र पुल बनेपछि किसानले उखु र तरकारी जस्ता उत्पादन सिधै बजार र चिनी मिलसम्म पु¥याउन सहज भएको उनले बताए । एम्बुलेन्स र दमकल जस्ता आपत्कालीन सवारीसाधन गाउँका कुनाकुना सम्म पुग्न थालेको जानकारी गराउदै उनले सडकछेउ नयाँ बजार, पसल र साना उद्योग खुल्दै स्थानीय युवालाई गाउँमै रोजगारीको अवसर सिर्जना भएको बताए ।

भर्खरै

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ
कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए