"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

एचआइभी संक्रमितलाई पोषण खर्च उपलब्ध गराउँदै बैतडीको पाटन नगरपालीका

No data was found

Khabar Raftar

पौष ०६ बैतडी । बैतडीको पाटन नगरपालिकाले चालु आर्थिक वर्षमा पनि एचआइभी संक्रमित नागरिकलाई पोषण खर्च उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०७९÷८० देखि निरन्तर रूपमा यस्तो सहयोग गर्दै आएको नगरपालिकाले यस वर्षका लागि एक लाख रुपैयाँ बजेट विनियोजन गरेर पोषण खर्च उपलब्ध गराउने भएको हो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले हाल नगर क्षेत्रभित्र ३६ जना एचआइभी संक्रमित रहेको जानकारी गराए । विनियोजित एक लाख रुपैयाँबाट उनीहरूलाई पोषण खर्च उपलब्ध गराइने उनले जानकारी गराए ।

यसअघि आर्थिक वर्ष २०७९÷८० मा एचआइभी संक्रमितलाई तीन दिने व्यवसायिक तालिम समेत प्रदान गरी वस्तुगत सहयोगका लागि प्रति व्यक्ति १२ हजार रुपैयाँ उपलब्ध गराइएको उनले जानकारी गराए ।

आर्थिक वर्ष २०८०÷८१ मा प्रति व्यक्ति ६ हजार रुपैयाँ पोषण खर्च प्रदान गरिएको जानकारी गराउदै उनले गत आर्थिक वर्षमा ३५ जनालाई प्रतिव्यक्ति ५ हजार ७ रुपैयाँका दरले सहयोग गरिएको जानकारी गराए । नगर प्रमुख गौरीसिंह रावलले एचआइभी संक्रमितको जीवनयापनमा केही सहजता ल्याउने उद्देश्यले पोषण खर्चका लागि बजेट विनियोजन गरिएको बताए ।

जिल्लाका अन्य स्थानीय तहले भने एचआइभी संक्रमितका लागि छुट्टै बजेट व्यवस्था नगरेको जनाइएको छ । यसप्रति अन्य पालिकाले आफूहरूको समस्यामा ध्यान नदिएको भन्दै संक्रमितहरूले गुनासो गर्दै आएका छन् ।

भर्खरै

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग
बैतडीमा पनि २८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए

OIP

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न