पौष ०६ कञ्चनपुर । कञ्चनपुरबाट विभिन्न मुद्दाका ३ जना फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । अदालतले तोकेको सजाय कार्यान्वयनको सिलसिलामा फरार भएका तीन जना प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको हो ।
कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर–१२ का २३ वर्षीय आशिष रानालाई जिल्ला अदालत कञ्चनपुरले ८२ साल जेठ १५ गते गरेको फैसला अनुसार चोरी मुद्दामा १ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएकोमा इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले यही पौष ५ गते पक्राउ गरेको हो ।
त्यसैगरी २०८१ साल चैत्र २६ गतेको फैसला अनुसार, कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर–१० का २२ वर्षीय हरिश साउँदलाई लागु औषध सम्बन्धी मुद्दामा ३ महिना कैद सजाय तोकिएकोमा उक्त फैसलाको कार्यान्वयन गर्न प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई यही पौष ५ गते पक्राउ गरेको जानकारी गराएको छ ।
त्यसैगरी चोरी मुद्दामा १ महिना कैद र २ हजार जरिवाना तोकिएका कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर–१६ का २० वर्षीय विशाल रानालाई पनि इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले यही पौष ५ गते पक्राउ गरेको जानकारी गराएको छ । पक्राउ गरिएका तीनै जनालाई सजाय कार्यान्वयनका लागी अदालत पेश गरिएको प्रहरीले जानकारी गराएको छ ।


