पौष ०६ दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ३ स्थित गोकुलेश्वर लटिनाथ भित्री सडक खण्डमा शनिबार साँझ ८ः५५ बजेको समयमा जिप दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ ।
दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ६ सेरीका २६ वर्षीय माधव महाराले चलाएको सुप.प्र० १–००१ च २६०४ नम्बरको जिप दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको हो । अनियन्त्रीत भई सडकबाट २ सय ५० मिटर तल खसेको जिपमा सवार २२ वर्षीय केशव राज जोशीको मृत्यु भएको हो ।
मार्मा गाउँपालिका वडा नम्बर ३ भैसेका जोशी जिपले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । घटनास्थलबाट तत्कालै उद्दार गरिएका जोशीलाई उपचारका लागि मार्मा आधारभूत स्वास्थ्य चौकीमा ल्याइएको भए पनि उपचारको क्रममा पौष ६ गते बिहान १ बजेको समयमा मृत्यु भएको बताईएको छ ।
जीप घटनास्थलमै रहेको छ भने चालक महारालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


