"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

ऐनविपरीत कारागारमा चौकीदार र नाइके तोकिएको विषयमा छानबिन गरिने

No data was found

Khabar Raftar

पौष ०६ कञ्चनपुर । ऐनविपरीत जिल्ला कारागार कञ्चनपुरमा चौकीदार, नाइके र सहनाइके तोकिएको विषयमा छानविन गरिने भएको छ । ऐनविपरीत कारागारमा चौकीदार र नाइके तोकिएको खुलासा भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले त्यस विषयमा छानबिन गर्ने भएको हो ।

कारागार व्यवस्था ऐन, २०७९ को दफा ५४ को (३) उपदफा (१) बमोजिम कारागारको आन्तरिक व्यवस्थापनका लागि तोकिने चौकीदार, नाइके वा सहनाइके तोक्दा एक वर्ष भन्दा बढी समयका लागि तोक्न नहुने भए पनि कञ्चनपुर कारागार प्रशासनमा विगत आठ वर्षदेखि एउटै कैदीबन्दीलाई चौकीदार र नाइके तोकेको पाइएको छ । कारागार प्रशासनले कैदीहरूबाट अनुचित लाभ प्राप्त गर्नका लागि विगत आठ वर्षदेखि एउटै कैदीलाई चौकीदार, नाइके तोकेको भन्दै कैदीबन्दीले आरोप लगाएका छन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार उक्त विषयमा गर्न छानबिन समिति गठन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कारागारमा हुँदै आएको घोटाला र आर्थिक हिनामिनाबारे भर्खर थाहा पाएको बताए । यस विषयमा छानबिन गर्नका लागि आइतबार समिति गठन गरेर थप अनुसन्धान गरिने उनले जानकारी गराए । कारागार प्रशासनले विगत आठ वर्षदेखि प्रकाश मल्ललाई मुल चौकीदार राखेको छ भने करणबहादुर कुँवरलाई विगत चार वर्षदेखि नाइके बनाएको छ ।

त्यसैगरी, रोशन शाही, मदन गिरीलाई पनि विगत चार वर्षदेखि कारागार प्रशासनले नाइके बनाएको छ । कुटपिटबाट घाइते भएर महाकाली प्रादेशिक अस्पतालमा उपचाररत नाइके करणबहादुर कुँवरले विगत आठ वर्षदेखि एउटै कैदीलाई मूल चौकीदार तथा नाइके राखिएको बताए । चौकीदार र आउटडोर कैदीलाई प्रशासनका सुब्बा रामदत्त जोशी र लेखापाल रमेश भट्टको मिलेमतोमा बर्र्षौैंदेखि त्यही व्यक्तिहरूलाई राखेर आर्थिक हिनामिना गर्ने र दोष सबै नाइके र सहनाइके माथि थुपार्ने काम गरेको भन्दै नाइके कुँवरले आपत्ति जनाएका छन ।

कारागार प्रशासनले यसरी ऐनविपरीत नाइके तोकेर आफू अनुकूल वातावरण सिर्जना गरी आफूहरूले पाउनु पर्ने सुविधा खोस्ने गरेको भन्दै कैदीबन्दीले शुक्रबार आन्दोलन गरेको उनले बताए । कैदीबन्दीले कारागार प्रशासनले प्रतिकैदी चार हजार पोशाकबाफत उपलब्ध गराउनु पर्नेमा दुई हजार पाँच सय रुपैयाँ मात्रै प्रदान गरिएको भन्दै आपत्ति जनाएको उनले बताए । त्यसैगरी रासनमा समेत कारागारका कर्मचारी, चौकीदार र नाइकेले घोटाला गर्ने गरेको कैदीबन्दीहरूले आरोप लगाएका छन ।

कैदीबन्दीहरूले कारागार प्रशासन र चौकीदारको विरोध जनाउने कैदीहरूलाई झुठा प्रतिवेदन बनाएर अन्य जिल्लाका कारागारमा स्थानान्तरण गरिँदै आएको समेत गुनासो गरेका छन् । चौकीदार, नाइकेसँगको मिलेमतोमा कारागारका जेलर लगायतका कर्मचारीले कैदीहरूलाई प्रदान गर्दै आएको सुविधाबाट अनुचित रूपमा लाभ लिने गरेको गुनासो कैदीबन्दीले गरेका छन ।

कारागार ऐन, २०७९ को दफा २० अनुसार कारागार प्रशासकले बन्दीलाई मौसम अनुसारको पोशाकको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको भए पनि कञ्चनपुर कारागार प्रशासनले मौसम अनुसारको पोशाकको व्यवस्था गर्नुपर्नेमा ऐनविपरीत निर्णय गर्दै वर्षमा दुई पटक नगद चार हजार रुपैयाँ नगद उपलब्ध गराउने निर्णय गरेको छ । उक्त रकम समेत कैदी बन्दीलाई उपलब्ध नगराउने गरेको गुनासो कैदीबन्दीले गरेका छन ।

कैदीबन्दीहरूले यस पटक दुई हजार पाँच सय रुपैयाँ मात्रै प्रदान गरेको भन्दै विरोध जनाउँदा शुक्रबार कारागारमा कैदी र नाइकेबिच भनाभन भएको उनीहरुले बताएका छन । कैदीबन्दीहरूले यस पटक पनि पोशाक बाफतको रकममा प्रशासनका कर्मचारी, चौकीदार र नाइेके मिलेर तीन लाख ८४ हजार रुपैयाँ भ्रष्टाचार गरेको बताएका छन् ।

कारागारमा भएको झडपका क्रममा आठ जना नाइके र सहनाइके गम्भीर घाइते छन् । किरण सिंह, मदन गिरी, सन्दिप भण्डारी, जनक खड्का, दिनेश कुँवर, राजेन्द्र सुनार, रोशन शाही र करण कुँवर घाईते भएका छन । घाईते भएका सबै नाइके र सहनाइकेको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । कारागार व्यवस्था ऐन, २०७९ अनुसार जिल्ला अदालतका न्यायाधीशले जिल्ला भित्रको कारागारमा वर्षमा एक पटक निरीक्षण गर्नुपर्ने भए पनि कञ्चनपुर अदालतका न्यायाधीशले चालु आर्थिक बर्षमा कारागारको निरीक्षण समेत गरेका छैनन ।

विगतका वर्षमा अदालतका न्यायाधीशले निरीक्षण गर्दै आएका थिए । सोही ऐन अनुरूप प्रमुख जिल्ला अधिकारीले समेत तीन महिनामा कम्तीमा एक पटक कैदीबन्दीका लागि उपलब्ध हुने रासन समयमा प्राप्त हुने गरे÷नगरेको, प्रचलित कानुन अनुसार सेवा सुविधा प्राप्त हुने गरे÷नगरेको, कैदीको औषधी उपचारको व्यवस्था भए÷नभएको लगायत विषयमा निरीक्षण गर्नुपर्ने भए पनि प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले पनि पछिल्लो तीन महिनायता कारागारको निरीक्षण नगरेको कारागार प्रशासनले जनाएको छ । कञ्चनपुर कारागारमा १६ जना नाइके सहित ३ सय ८४ जना कैदीबन्दी रहेका छन् ।

भर्खरै

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह
सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति
झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै
कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ
कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक
सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन
बझाङमा पहिलो दिन जिल्ला भरी १ हजार ४ सय ९७ जना किशोरीहरूले एचपीभी खोप लगाए
जनतालाई लोकतन्त्रको आभाष दिलाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

3dfda76b-dbcc-4552-b82b-a9d3cb850467

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह

seti

सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति

1569924424jhulaghat_pul_iRWwQNXJcW

झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै

4f3c25d5-7547-4a80-a6e4-b3883a9f5db2

कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ

dd67d801-c1cc-41a5-9e25-b0fbcfebf629

कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक

59b3bb9f-6df6-4010-b49c-2276c6109907

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

c016550e-fbc1-437f-a759-8119de0f3620

अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

cd03b2f6-2a2c-442d-a1d7-7d8a492a71bf

बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन