"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक छ ः डिआईजी राना

No data was found

Khabar Raftar

सम्झना विष्ट,पौष ०६ धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक (डिआईजी) ओमबहादुर रानाले शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक भएको बताएका छन । आइतवार आयोजना ग रिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक रानाले यस्तो बताएका हुन् । शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सरोकारवाला र नागरिकसंग वृहत छलफल गरेर अघि बढ्ने उनले बताए । बढ्दो लागुऔषध कारोबारलाई न्युनीकरण गर्नका लागि सबैले सक्रीय भूमीका निर्बाह गर्नु पर्ने बताउदै उनले लागुपदार्थ ओसार पसार र कारोबारलाइ न्युनीकरण गर्न सबैले लाग्नु पर्ने बताए ।

 

जेनजी आन्दोलनका क्रममा भोगेका कैदीबन्दी मध्ये अझै ३ सय ६५ जना फरार रहेको बताउदै उनले भागेका मध्ये ६५ जना भारतीय रहेको जानकारी गराए । धेरै कैदीबन्दी भारत भागेको हुन सक्ने बताउदै उनले प्रहरी नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताए । प्रदेशमा आत्महत्या बढ्दै गएको बताउदै उनले डिप्रेसनका कारण र अन्य कारणले पनि हुने भएकाले सत्यतथ्य पत्ता लगाई रोकथामका लागि प्रहरी लागिरहेको बताए । त्यसैगरी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले कार्यालयले मंसिर महिनामा सम्पादन गरेका कामका बारेमा जानकारी गराएका थिए । मंसिर महिनामा १ सय २० वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको जानकारी गराउदै उनले २ सय १४ जना घाइते भएको जानकारी गराए । दुर्घटनामा १ सय ८० वटा सवारी साधान संलग्न भएको बताउदै उनले बढी जस्तो दुर्घटना चालकको लाफरबाहीले भएको देखिए पनि यान्त्रिक कारणले पनि दुर्घटना हुने गरेको जानकारी गराए ।

त्यसैगरी एक महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार २ सय ८० वटा सवारी साधानका चालकलाई कारबाही गरिएको जानकारी गराउदै उनले जसबाट २६ लाख २४ हजार ५ सय रुपैया राजस्व संकलन भएको जानकारी गराए । त्यसैगरी उक्त अबधीमा ११ नाल भरुवा बन्दुक बरामद गरिएको जानकारी गराउदै उनले दुई वटा मुद्धा दर्ता भएको र दुई जनालाई पक्राउ गरिएको बताए । त्यसैगरी ९५ लाख ७५ हजार ९ सय ८५ मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरि आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको उनले जानकारी गराए । त्यसैगरी सुदूरपश्चिम प्रदेशका सबै जिल्ला गरी मंसिर महिनामा २ सय ५६ वटा मुद्दा प्रहरीमा दर्ता गरिएको जानकारी गराईएको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशमा मंसिर महिनामा जघन्य अपराधका ७४ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

वर्षौदेखि पेन्डिङमा रहेका दुई हजार ५ सय ५३ वटा मुद्दा मध्ये १ सय १४ वटा मुद्दा मंसिर महिनामा फछ्र्यौट भएको प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ । अदालतको फैसाला कार्यान्वयन गर्न प्रहरीले प्रदेशभरबाट ५ सय २४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जानकारी गराईएको छ भने उनीहरूबाट एक करोड ६१ लाख ९९ हजार २ सय ९१ रुपैयाँ जरिवाना संकलन भएको जानकारी गराइएको छ । मंसिर महिनामा प्रदेशका सबै जिल्लामा महिला तथा बालबालिका सम्बन्धी २८ वटा उजुरी परेको कार्यक्रम्मा जानकारी गराईएको छ । त्यसैगरी प्रदेशमा १ सय ५५ जना हराएको उजुरी आएकोमा ९० जना भेटिएर आफन्तको जिम्मा लगाइएको जानकारी गराईएको छ ।

मंसिर महिनामा प्रदेशभरी प्रहरीमा ८ सय ११ वटा ठाडो उजुरी परेकोमा ७ सय ५६ वटा उजुरी फछ्र्यौट भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मंसिरमा मानव बेचविखनका ६ वटा मुद्दा दर्ता भएकोमा बेचविखनमा संलग्न पाँच जनालाई पक्राउ गरिएको छ भने एक जना फरार रहेको जानकारी गराईएको छ । मंसिर महिनामा मात्रै लागु औषधका ५६ वटा मुद्दा दर्ता भएको र दुई जना महिला र ८६ जना पुरूषलाई पक्राउ गरिएको कार्यक्रम्मा जानकारी गराईएको छ । प्रदेशभरी २१ जनाले आत्महत्या गरेको र सबैभन्दा बढी झुन्डिएर आत्महत्या गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ । त्यसैगरी प्रदेश प्रहरी कार्यालयले मंसिरमा घरेलु हिंसाका ८० वटा उजुरी आएकोमा ६५ वटा मिलापत्र गरेको र बाँकी अदालत पठाइएको जानकारी गराएको छ ।

भर्खरै

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ
कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए