"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जिल्ला अदालत कैलाली र कारागारमा आगजनी गरेको आरोपमा दश जना पक्राउ

No data was found

Khabar Raftar

मंसिर २५ कञ्चनपुर । गत भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा जिल्ला अदालत कैलाली र कैलाली कारागारमा आगजनी गरेको आरोपमा प्रहरीले दश जनालाई पक्राउ गरेको छ । अदालतमा आगजनी गरेको आरोपमा ६ जना र कारागारमा आगजनी गरेको आरोपमा चार जना गरी १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले उनीहरूलाई धनगढी उपमहानगर पालिका क्षेत्रबाट विभिन्न मितिमा पक्राउ गरिएको जानकारी गराए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता विष्टले धनगढी उपमहानगरपालिका वडा नम्बर–३ बस्ने २४ वर्षीय आशिष भण्डारी, ३० वर्षीय अमन केसी र बैतडीको पुर्चौडी घर भई हाल धनगढी उपमहानगरपालीका वडा नम्बर–३ बस्दै आएका २४ वर्षीय भरत बम, धनगढी उपमहानगरपालीका वडा नम्बर वडा नम्बर–७ का एलेक्स चन्द, लक्ष्मण बहादुर विष्ट र धनगढी उपमहानगरपालीका वडा नम्बर–१ का मनोज विष्टलाई अदालतमा आगजनी गरेको अभियोगमा पक्राउ गरिएको जानकारी गराए ।

भदौ २४ गतेको आन्दोलनका क्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर–१ स्थित जिल्ला अदालत परिसर भित्र रहेका सवारीसाधन, कार्यालय भवन, कार्यालय भवनभित्र रहेका विभिन्न मुद्दाका सक्कलै मिसिल, कम्प्युटर लगायत सूचना प्रविधिका उपकरणहरुमा आगजनी र तोडफोड गरिएको थियो । सोही आरोपमा प्रहरीले धनगढीबाट ६ जनालाई पक्राउ गरेको उनले जानकारी गराएका हुन ।

जिल्ला अदालतले घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएको थियो । सोही जाहेरीका आधारमा ६ जनालाई पक्राउ गरिएको उनले जानकारी गराए ।

त्यसैगरी कैलाली कारागारमा आगजनी गरेको आरोपमा धनगढी उपमहानगरपालीका वडा नम्बर–२ का २८ वर्षीय गोपाल भट्ट, धनगढी उपमहानगरपालीका वडा नम्बर–३ का जेम्स भनिने सुरज कटुवाल, धनगढी उपमहानगरपालीका वडा नम्बर–९ का ४० वर्षीय बसन्तराज जोशी र १९ वर्षीय अंकित सक्सेनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक विष्टले जानकारी गराए ।

भर्खरै

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ
कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए