मंसिर २५ कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत पदमराज जोशी सहित ४ जना विरुद्ध भ्रष्ट्राचार मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशी सहित ४ जनाविरुद्ध गलत लिखत तयार गरी भ्रष्टाचार गरेको भन्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । जोशी सहित पालिकाका सब–इन्जिनियर जय कुँवर, असिस्टेन्ट सब–इन्जिनियर तेजबहादुर सुनार र जग्गाधनी शान्ति नाथलाई प्रतिवादी बनाइएको छ ।
बेलडाँडी गाउँपालिका वडा नम्बर–२ बस्ने शान्ति नाथले बेलडाँडी गाउँपालिका वडा नम्बर– २ स्थित कित्ता नम्बर ३५७ क्षेत्रफल ४ सय वर्गमिटर जग्गामा हुँदै नभएको घर छ भनि नक्सा तयार गराएर घर जग्गा धितोमा राखी लक्ष्मी सनराइज बैंकबाट ऋण लिएको अभियोग पत्रमा उल्लेख गरिएको छ ।
Post Views: 39


