मंसिर २४ धनगढी । शिलान्यास भएको चार वर्षपछि कैलालीको टीकापुर नगरपालिकामा ‘इन्डोर गेम्स’ सञ्चालन गर्न कभर्ड हल निर्माणको काम सुरु भएको छ ।
स्थानीय वीरेन्द्र विद्या मन्दिरको खेल मैदानमा दुई करोड ६४ लाख ५० हजारको लागतमा बन्ने कभर्ड हल निर्माणको काम सुरु भएको हो ।
नगरपालिकाका इन्जिनियर राजेन्द्र रावलले एक हजार दर्शक क्षमताको ६६ मिटर लामो, ३१ मिटर चौडा र ९.७५ मिटर अग्लो बहुद्देश्यीय कभर्ड हल निर्माण गरिने बताए ।
आगामी भदौ महिना भित्रमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम भई रहेको उनले बताए । निर्माण कार्य पूरा भएपछि हल व्यवस्थापनको जिम्मेवारी विद्यालयलाई दिइने इन्जिनियर रावलले बताए ।
Post Views: 91


