"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा खाली गराउन पत्राचार

No data was found

Khabar Raftar

मंसिर २४ धनगढी । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर–१ सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा खाली गराउन पत्राचार गरिएको छ । २२ वर्षदेखि जग्गा भाडामा लिएर व्यापारी तथा स्थानीयले प्रयोग गर्दै आए पनि अधिकांशले भाडा नतिरेको र जमिन खाली नगरेकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गृह मन्त्रालयलाई जग्गा खाली गराउन पत्राचार गरेको हो ।

विद्यालयको नाममा रहेको सुखड बजारको पूर्वी क्षेत्रमा पर्ने कित्ता नम्बर २५१ को एक बिघा १२ कट्ठा जग्गा व्यापारीहरूले घर–टहरा बनाई बसोबास र व्यापार गर्दै आएपछि विद्यालयलाई आफ्नो प्रयोजनका संरचना बनाउन कठिनाइ हुँदै आएको छ ।

शिक्षा मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलका अनुसार सोमबार पठाइएको पत्रमा अदालतले विभिन्न मितिमा आदेश दिए पनि जग्गा नछोडेर सरकारी स्वामित्वको जग्गा कब्जा गरिएको भन्दै आवश्यक समन्वयका लागि गृह मन्त्रालयलाई अनुरोध गरिएको छ । मन्त्रालयको सचिवस्तरको निर्णय पछि पत्राचार गरिएको हो ।

जग्गा उपयोग गर्दै आएको करिब १७० मध्ये केहीले मात्र भाडा तिरेका छन्, धेरैले वर्षौंदेखि नतिरेको विद्यालयको रेकर्डमा छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमालका अनुसार करिब डेढ करोड रुपैयाँ भाडा उठ्न बाँकी रहेको छ ।

जसमा एक जना व्यक्तिबाट चार देखि ६ लाखसम्म उठ्न बाँकी देखिएको छ । विद्यालयले पटक–पटक ताकेता र सार्वजनिक सूचना दिए पनि भाडा उठाउन नसकेपछि अदालत धाउनुपरेको उनले बताए । विद्यालयको जग्गामा संरचना बनाइ कब्जा जमाए पछि २०७५ सालमा सुदूरपश्चिम प्रदेशकै एक मात्र नमुना विशेष विद्यालय सञ्चालन गर्ने सरकारी योजना पनि ढिलो भएको उनले बताए ।

भर्खरै

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग
बैतडीमा पनि २८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए

OIP

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न