"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुराको हिमाली गाउँपालीका–३ गुम्बा गाउँ अझै सडक, टेलिफोन र विद्युत् सुविधाबाट वञ्चित

No data was found

Khabar Raftar

मंसिर २४ बाजुरा । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर–३ मा पर्ने गुम्बा गाउँ अझै सडक, टेलिफोन र विद्युत् सुविधाबाट वञ्चित हुँदै आएको छ । जिल्ला सदरमुकाम मार्तडी देखि करिब २ सय किलोमिटर टाढा रहेको गुम्बा गाउँ अझै सडक, टेलिफोन र विद्युत् सुविधाबाट वञ्चित हुँदै आएको हो । वडाध्यक्ष मङ्गल बुढाले अहिले पनि सडक, टेलिफोन र विद्युत् सेवा पुग्न नसकेको गाउँमा ६५ घरधुरी रहेको बताए ।

गुम्बाका स्थानीय अहिले सम्म पनि घोडा–भेडाको भरमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न बाध्य भएको उनले बताए । २०७६ सालमा पालिकाले घोरेटो बाटो निर्माण गरेपछि गाउँ–पालिकाबीचको आवत जावत केही सहज भएको बताउदै उनले त्यसभन्दा अगाडि ठूलो भिर रहेकाले गाउँ पुग्न नसकेको जानकारी गराए । एकीकृत योजना नहुँदा वर्षौंदेखि बाटो निर्माण अन्योलमै रहेको उनले बताए ।

गत आर्थिक वर्ष संघीय सरकारले गुम्बासम्म सडक पु¥याउन करिब पाँच करोड रुपैयाँ विनियोजन गरेकोभए पनि रकम रोकिए पछि काम अघि बढ्न नसकेको उनले बताए । वडाध्यक्ष बुढाले स्थानीय फेरि पहिले जस्तै सडकविहीन अवस्थामै रहेको बताए । गुम्बा टेलिफोन र इन्टरनेट सेवाबाट पनि पूर्णतः वञ्चित भएको बताउदै उनले जिल्लाका अधिकांश ठाउँमा २०६४ साल देखि सेवा विस्तार हुँदै गए पनि गुम्बाभरी आजसम्म टेलिफोन सुविधा नपुगेको बताए ।

त्यसैगरी स्थानीय जसबहादुर भण्डारीले टेलिफोन, सडक, बत्तीबाट बञ्चीत भएको बताउदै उनले अझै झरो र टुकीमा निर्भर रहेको बताए । विच्छ्या खोलाबाट उत्पादन भएको विद्युत् २०७८ सालमा गाउँमा पुगे पनि गत साउनको बाढीले नहर बगाए पछि आजसम्म बत्ती नबलेको उनले बताए ।

गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले गुम्बा अत्यन्तै दुर्गम भएकाले पालिकाले मात्रै सडक निर्माण गर्न सम्भव नभएको बताए । संघीय बजेट आवश्यक भएको बताउदै उनले गुम्बा धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण भए पनि बस्ती अझै आधारभूत सेवा–सुविधाबाट बञ्चीत भएको बताए ।

भर्खरै

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ
कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए