मसिर २३ बाजुरा । बडीमालिका नगरपालिका वडा नम्बर ५ मना स्थित कैलाशेश्वरी माध्यमिक विद्यालयका किशोरी किशोरीहरुसँग लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
नगरपालिकाको आयोजना, युरोपियन युनियन, संयुक्त राष्ट्र संघको सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र निड्स नेपालको समन्वय तथा सहकार्यमा कार्यक्रम गरिएको हो । निड्स नेपालकी फिल्ड अफिसर रामदेवि थापा कटुवालले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा विद्यालयका किशोर किशोरीहरुसँग एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको जानकारी गराईन ।
उनले विद्यार्थीहरुसँग अहिले शारीरिक तथा मानसिक हिंसासँगै प्रविधिबाट समेत विभिन्न किसिमका हिंसा भइरहेकाले सचेत रहन आग्रह गरिन् । प्रविधिको सही प्रयोग गर्ने, त्यसबाट हुन सक्ने साइवर अपराध तथा हिंसाबाट सचेत र सजग रहने, सामाजिक सञ्जालको सदुपयोग गर्न पनि सहभागी किशोर किशोरीहरुलाई उनले आग्रह गरिन् ।
कैलाशेश्वरी माध्यामीक विद्यालयका प्रधानाध्यापक लछिराम साउँदको अध्यक्षतामा सञ्चालन भएको अभिमुखीकरण कार्यक्रममा वडाका प्रतिनिधि, शिक्षक विद्यार्थी, अभिभावक लगायतको सहभागीता रहेको थियो ।
नगरपालिकाका एनजीओ डेस्क फोकल पर्सन कृष्ण खड्काले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन निड्स नेपाल फिल्ड अफिसर रामदेवि थापा कटुवालले गरेकी थिईन ।


