विपन्न नागरिकहरुको स्वास्थ्यमा पहुँच पु¥याउने उदेश्यका साथ लागु गरिएको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक छ । कार्यक्रमलाई प्रभावकारी बनाएर लोकप्रियता बढाउन जरुरी छ । स्वास्थ्य बीमालाई सर्बसाधारणको पहुँचमा ल्याउन जरुरी छ । देशभरमै पहिलो पटक कैलालीबाट सुरुवात गरिएको स्वास्थ्य बीमा गरेका विरामीहरुले सहज रुपमा औषधी पाउन सकेका छैनन ।
सेवाग्राहीले सुविधा पाउन नसकेका कारण प्रभावकारी हुन सकेको छैन । राम्रो र महङगो औषधी बाहीरबाटै किन्नु पर्ने बाध्यता झेल्दै आएका नागरीकहरुले अस्पतालका अन्य सेवाहरुमा समेत पैसा तिर्नु पर्ने बमध्यता रहेको छ । कतीपय समयमा विमाले तिर्नुपर्ने लाखौ रकम नतिरेका कारण विरामीहरुले सेवा नपाएको अबश्था पनि छ । बीमितले सहज रुपमा उपचार सेवा नपाएको अबश्थामा औषधी नपाउनुले नागरिकको विश्वास गुम्दै गएको छ ।
स्वास्थ्य उपचार पाउने आशाले बीमा गरेका नागरिकले उचित उपचार पाउन नसक्नु सरकारकै कमजोरी भएकाले उपचारलाई सहज र सरल बनाउन आवश्यक छ । बीमितको उपचारका लागि सूचीकृत गरेका स्वास्थ्य संस्थाहरुलाई समयमै रकम उपलब्ध गराउन जरुरी छ । सामान्य औषधी होइन सबै औषधीको बन्दोबस्त मीलाउनुका साथै सेवाग्राहीलाई सहज रुपमा सेवा उपलब्ध गराउने ब्याबश्था गर्न आवश्यक छ ।
नागरिकको स्वास्थ्य उपचारमा पहुँच पु¥याउन स्वास्थ्य बीमा कार्यक्रम उत्तम भए पनि ब्याबश्थीत गर्न नसक्दा नागरिकहरुले समस्या झेल्दै आएका छन । सरकारले सेवा उपलब्ध गराउदाका समस्याहरु मध्येनजर गर्दै यसमा सुधार गर्न जरुरी छ । सुचिकृत गरिएका संस्थाहरुको विमाको रकम पनि समयमै उपलब्ध गराउन आवश्यक छ । गुम्दै गएको स्वास्थ्य विमा प्रतिको विश्वास जगाउन स्वाश्थ्य विमालाई प्रभावकारी बनाउन जरुरी छ ।

