मंसिर १८ डोटी । डोटीको सायल गाउँपालिका वडा नम्बर–४, खालीखोलामा बिहीबार बिहान बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । कञ्चनपुरको पुनर्वास नगरपालीका वडा नम्बर–२ का २८ वर्षीय ईश्वर थापाले चलाएको सु.प.प्र. ०१–००१ च ४२५० नम्बरको बोलेरो जिप दुर्घटना हुुँदा ६ जना घाईते भएका हुन ।
जिप सायलबाट दिपायलतर्फ आउँदै गर्दा अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । दुर्घटनामा चालक थापा सहित आदश गाउँपालीका वडा नम्बर्र–७ की ५४ वर्षीया हरिदेवी कापडी, सायल गाउँपालीका वडा नम्बर्र–२ का ३१ वर्षका दिल्ली राज ओझा, ४० वर्षका भोजराज ओझा, भोजराजका ११ वर्षका छोरा आमत ओझा र सायल गाउँपालीका वडा नम्बर्र–४ का ४३ वर्षका टेकराज ओझा घाईते भएका छन ।
प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ । उनीहरूलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा पठाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


