"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

No data was found

Khabar Raftar

मंसिर १८ दार्चुला । भारतले नेपाल–भारतको साझा सीमा नदी महाकाली किनारमा एकतर्फी रूपमा निर्माण गरिरहेको तटबन्धको विषयमा दार्चुलाका स्थानीयले विरोध गरेका छन । भारतले दार्चुला सदरमुकाम खलङ्गाको पारिपट्टि नदी किनारमा एकतर्फी रूपमा पक्की तटबन्ध निर्माणको काम गरिरहेको विषयमा दार्चुलाका स्थानीयले विरोध गरेका हुन ।

राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाका संयोजक राजेशसिंह सामन्तले भारतले नेपालतिर प्रवेश गरी सिमाना विस्तार गर्न खोजेको बताउदै विरोध गरेका छन । भारतले नदीको धार परिवर्तन हुने गरेर नदी किनारमा निर्माण गरिरहेको तटबन्धले सिमाना भन्दा वर नेपालतिर नदी प्रवेश गरेकाले सिमाना विस्तार गर्ने प्रयास गरिरहेको उनले बताए । रास्वपा दार्चुलाले यस विषयमा घोर आपत्ति जनाएको छ ।

बर्र्षातको समयमा महाकाली नदीको धार नेपालको भूमि, तटबन्ध माथि पुग्ने सम्भावना रहेकाले बजार क्षेत्र तथा बस्तीमा समेत ठुलो जोखिम रहेको उनले बताए । संयोजक सामन्तले नेपाल सरकारले यथाशीघ्र भारतसँग दुईपक्षीय वार्ता गरेर दार्चुलाका बासिन्दाले भविष्यमा भोग्नुपर्ने जोखिम नियन्त्रण गर्न पहल गर्नुपर्ने माग गरेका छन । सीमा समस्याबारेमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिमा समेत कुरा उठाएको उनले बताए ।

दुई देशको सीमा नदी आसपास कुनै पनि संरचना निर्माण गर्दा एक देशले अर्को देशसँग आपसी समन्वय र सहकार्य गर्नुपर्ने अन्तर्राष्ट्रिय कानुनी प्रावधान रहेको भए पनि भारतले नेपालसँगको समन्वयबिना एकतर्फी रूपमा तटबन्ध निर्माणको काम गरिरहेको हो । नेपाल विद्यार्थी सङ्घ दार्चुलाका विद्यार्थी नेता दीपक खातीले नदी तटीय क्षेत्रमा आफ्नो भूगोल बस्ती जोगाउन तटबन्ध निर्माण गर्नु दुवै देशको आ–आफ्नो अधिकार भए पनि संरचना निर्माण गर्दा अर्काको भूगोललाई असर पार्ने, सार्वभौमिकतामा आँच आउने, नदीको धार परिवर्तन गरेर क्षति हुने गरी गर्न नहुने बताए ।

अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरी एकतर्फी रूपमा तटबन्ध निर्माण गरेर दुई देशको जनस्तरको सम्बन्ध खलबल्लिने गरी तटबन्ध निर्माण नगर्न तथा उत्पन्न विवादलाई दुई देशका प्रशासकले आपसी रूपमा कूटनीतिक ढङ्गबाट छलफल गरेर समाधान गर्नुपर्ने उनले बताए । त्यसैगरी नागरिक समाज दार्चुलाका संयोजक महेश भट्टले भारतले सीमा नदीको प्राकृतिक बहाब रोक्ने गरी निर्माण गरिरहेको तटबन्धको नागरिक समाज दार्चुलाले घोर विरोध गर्ने बताए ।

सिमाना मिचेर निर्माण गरिएको तटबन्ध निर्माण यथाशीघ्र रोकेर दुवै देशको सीमाङ्कन गरेर मात्रै कार्य अघि बढाउन उनले सरकारसँग माग गरेका छन । अन्तर्राष्ट्रिय कानुनको पालना नगरे पनि नदीको धार परिवर्तन हुनेगरी कुनै पनि संरचना निर्माण गर्न नहुने स्थानीय राजनीतिक दलका प्रतिनिधीहरुले प्रतिव्रिmया दिएका छन् ।

भारतले अहिले महाकाली नदीको धार नेपालतिर फर्काएर तटबन्ध निर्माण गरिरहेको बताउदै स्थानीयले तटबन्ध निर्माण भइरहेको स्थानमा दिउँसो भन्दा राति धेरै काम गर्ने गरेको बताएका छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले दुई देशको सीमाक्षेत्रमा भारतले बनाइरहेको संरचनाको निर्माण तत्काल रोक्न यसअघि नै स्थानीय प्रशासन मार्फत भारतीय स्थानीय प्रशासनमा आधिकारिक रूपमा पत्राचार गरि सकिएको बताए ।

नदीको बहाब नेपालतर्फ फर्काएर तटबन्ध नगर्न भारतको धारचुलास्थित एसडिएमको कार्यालयलाई पत्राचार गरिएको उनले जानकारी गराए । साथै जिल्लाको सीमाक्षेत्रमा भइरहेको भारतीय गतिविधि र समस्या समाधानका लागि गृह मन्त्रालयलाई समेत पत्राचार गरिएको पमुख जिल्ला अधिकारी पौडेलले जानकारी गराए ।

भर्खरै

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ
कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए