मंसिर १८ धनगढी । भारतसँग सीमा जोडिएका कैलालीका सीमानाकामा चेकजाँचमा कडाई गरिएको छ ।
जिल्ला प्रशासन कार्र्यालय कैलालीले बुधबार सूचना जारी गर्दै कैलालीका सीमानाकामा चेकजाँचमा कडाई गरिएको जनाएको हो ।
कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीद्वारा हस्ताक्षरित सूचनामा ‘सीमावर्ती नाकाबाट परिचय नखुलेका शंकास्पद व्यक्ति वा समूह अवैध तरिकाले जिल्लामा प्रवेश गर्न सक्ने हुँदा सीमावर्ती क्षेत्रमा सुरक्षा निकायबाट चेकजाँचमा कडाई गरिएको व्यहोरा उल्लेख गरिएको छ ।
सूचनामा त्यस्ता शंकास्पद व्यक्ति वा समूह जिल्लाभित्र प्रवेश गरेको देखिएमा नजिकको सुरक्षा निकायहरुमा जानकारी गरी सहयोग गरी दिनुहुन अनुरोध गरिएको छ ।
‘परिचय नखुलेका त्यस्ता अपरिचित व्यक्ति वा समूह तथा समुदायलाई आफ्नो घरमा बसोवास गराउने वा कुनै कामकाजमा लगाउने काम नगर्नु÷नगराउनु हुन सम्वन्धित सबैमा सूचनामा मार्फत अनुरोध गरिएको छ ।


