"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

No data was found

Khabar Raftar

मंसिर १८ धनगढी । सुदूरपश्चिम प्रदेशमा पाँच वर्षको अबधीमा एचआइभी ÷ एड्सबाट ३ सय ५२ जनाको मृत्यु भएको छ । हरेक वर्ष मृत्यु हुनेको सङ्ख्यामा कमी आइरहेको भए पनि सुदूरपश्चिम प्रदेशमा पाँच वर्षको अबधीमा एचआइभी ÷ एड्सबाट ३ सय ५२ जनाको मृत्यु भएको हो । संक्रमीतको मृत्यु भई रहेकाले सन् २०३० सम्ममा एचआइभी ÷ एड्सको सङ्क्रमण र मृत्युलाई शून्यमा झार्ने सरकारको लक्ष्य पूरा नहुने देखिएको छ ।

संयुक्त राष्ट्रसङ्घले संसारभर सन् २०३० सम्ममा एचआइभी÷एड्सको सङ्क्रमण र मृत्युलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । सुदूरपश्चिममा आर्थिक बर्ष २०७७÷७८ मा ८२ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०७८÷०७९ मा कमी आएको देखिन्छ । २०७८÷०७९ मा ७९ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको थियो भने आर्थिक बर्ष २०७९÷८० मा ६४ जनाको मृत्यु भएको तथ्याङ्क सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको छ ।

त्यसैगरी आर्थीक बर्ष २०८०÷८१ मा पनि ६४ जनाको मृत्यु भएको थियो । त्यसै गरी आर्थिक बर्ष २०८१÷८२ मा एचआइभीकै कारण ६३ जनाको मृत्यु भएको थियो । मृत्यु हुनुको कारण एचआइभी मात्र नभई बहुआयामिक रोगका कारण पनि भएको स्वास्थ्यकर्मीले बताएका छन । ुसुुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर खगेन्द्र बमले एचआइभी सङ्क्रमितमा निमोनिया, डाइबेटिज, दमलगायत अन्य नसर्ने रोग लाग्दा मृत्यु हुने गरेको बताए ।

समयमै सङ्क्रमित उपचारको दायरामा आउने र नियमित औषधी सेवन गरेमा मृत्युको जोखिमबाट बचाउन सकिने उनले बताए । कुनै समय एचआइभी÷ एड्सलाई प्राणघात रोगका रूपमा हेरिने गरेको बताउदै उनले यसको औषधी निर्माण भएपछि अहिले बिरामीको व्यवस्थापन भइरहेको बताए । सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तह मध्ये छ वटा स्थानीय तहमा एचआइभी सङ्क्रमित सुन्य रहेको बमले जानकारी गराए ।

प्रदेशभर सबैभन्दा बढी सङ्क्रमित कैलालीको गोदावरी नगरपालिकामा रहेको निर्देशनालयले जनाएको छ । गोदावरीमा २ सय ९१ जना एचआइभी सङ्क्रमित रहेका छन् भने दोस्रोमा धनगढी उपमहानगरपालिका रहेको छ । निर्देशनालयका अनुसार धनगढीमा २ सय ४४ जना एचआइभी सङ्क्रमित रहेका छन् । पाँच वर्षको तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा एचआइभी सङ्क्रमितको सङ्ख्या प्रत्येक आर्थिक बर्षमा कहिले घट्ने त कहिले बढ्ने गरेको देखिन्छ ।

आर्थिक बर्ष २०८०÷८१ मा २ सय १८ रहेकोमा आर्थिक बर्ष २०८१÷८२ मा सङ्क्रमितको सङ्ख्या १ सय ८१ पुगेको छ । त्यसअघि आर्थिक बर्ष ०७७÷७८ मा २ सय १५ जना सङ्क्रमित रहेकोमा आर्थिक बर्ष २०७८÷७९ मा वृद्धि भएर ३ सय २५ जना पुगेको थियो । आर्थिक बर्ष २०७९÷८० मा सङ्क्रमितको सङ्ख्या २ सय ५२ थियो ।

स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक बर्ष २०८१÷८२ सम्ममा सबैभन्दा बढी कैलालीमा एक हजार ७ सय ४० र सबैभन्दा कम दार्चुलामा ५० जना सङ्क्रमित रहेका छन् । कैलाली पछि सबैभन्दा बढी एचआइभी सङ्क्रमित अछाममा ५ सय ७० जना छन् । तराईको अर्को जिल्ला कञ्चनपुरमा ४ सय ५५ जना उपचाररत रहेका छन् । त्यसैगरी डोटीमा ४ सय ९० जना, बाजुरामा ७२ जना, बझाङमा ९६ जना, बैतडीमा १ सय ३२ र डडेलधुरामा १ सय २५ जना उपचाररत रहेका छन्  ।

भर्खरै

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ
कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए