"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

No data was found

Khabar Raftar

मंसिर १८ धनगढी । कैलालीको कैलारी गाउँपालिकामा बालुवा उत्खन्नबाट सङ्कलन गरिएको रोयल्टीमा हिनामिना भएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा घुरहा नदीको बालुवा उत्खनन गरेबाफत सङ्कलन गरिएको रोयल्टी हिनामिना भएको हो ।
पालिकाले २६ वटा ठेली दिए पनि चालु आर्थिक बर्षको हालसम्म सात वटा ठेलीको मात्रै राजस्व दाखिला गरिएको छ ।

गत आर्थिक बर्षमा सङ्कलन गरिएको रोयल्टी चालु आर्थिक बर्षको साउन १५ गतेसम्म बुझाइसक्नु पर्ने कानुनी व्यवस्था भए पनि गाउँपालिकाको कार्यालयले दिइएको ठेली अनुसार राजस्व पनि नपाएको र बाँकी रहेको ठेली पनि फिर्ता नभएको जनाएको     छ । रोयल्टी उठाउनका लागि २६ वटा ठेली रोयल्टी सङ्कलकलाई दिएकोमा सात वटा ठेलीको मात्रै रोयल्टी पालिकामा दाखिला भएको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले जानकारी गराए । अझै १९ वटा ठेलीको रोयल्टी आउन बाँकी रहेको उनले जानकारी गराए ।

उठेको सबै राजस्व गएको साउन १५ गतेभित्रै जम्मा गरिसक्नु पर्ने भएपनि अहिलेसम्म दाखिला नगर्नु कानुन विपरीत भएको उनले बताए । सबै ठेली काटिएको भए त्यही अनुसार राजस्व दाखिला गरिनु पर्ने बताउदै उनले काटिएको छैन भने १९ वटा ठेली फिर्ता गरिनु पर्ने बताए । गत आर्थिक बर्षमा कैलारी गाउँपालिका वडा नम्बर–६ र ९ स्थित घुरहा नदीबाट बालुवा उत्खननका लागि पालिकाले तीन चोटि टेन्डर आह्वान गरेको भए पनि प्रदेश सरकारले ६२ लाख रुपैयाँ अनिवार्य रोयल्टी तोकेका कारण कसैको पनि टेन्डर नपरेको उनले बताए ।

तीन÷तीन पटक टेन्डर आह्वान गर्दा एउटा पनि नपरे पछि गाउँपालिकाले कार्यपालिकाको बैठकबाट रोयल्टी सङ्कलनका लागि ज्यालादारीमा दुई जना अस्थायी कर्मचारी नियुक्त गरेको उनले बताए । रोयल्टी सङ्कलकलाई परिचालन गर्नका लागि पनि एक अस्थायी कर्मचारी नियुक्त गरिएको उनले जानकारी गराए । मासिक १७ हजार रुपैयाँ पारिश्रमिक दिने गरी कैलारी गाउँपालिका वडा नम्बर–३ का राजु बराल, वडा नम्बर ९ कोइलहीका लाहुराम चौधरी र गदरियाका रञ्जिता रानालाई ज्यालादारीमा अस्थायी नियुक्त गरेको गाउँपालिकाको कार्यालयले जानकारी गराएको छ ।

चौधरी र रानाले रोयल्टी सङ्कलन गर्ने र नेपाली कांग्रेसको क्षेत्रीय सदस्य समेत रहेका बरालले दुवै सङ्कलकलाई परिचालनको जिम्मेवारी पाएको बताइएको छ । सङ्कलन भएको राजस्व गाउँपालिकाका अध्यक्षका स्वकीय सचिव समेत रहेका जितेन्द्र चौधरीले बुझेर पालिकामा ल्याउने गरेको बताइएको छ । रोयल्टी सङ्कलक लाहुराम चौधरीले आफूले २५ ठेली पूरै काटेर रोयल्टी सङ्कलन गरेको बताउँदै उठेको सबै रकम पालिकालाई बुझाएको बताएका छन ।

उठेको रकम लिन आउने जितेन्द्र चौधरीलाई सबै रकम बुझाएको भए पनि पालिकाबाट बिल, भर्पाई केही नदिएको उनले बताए । रोयल्टी सङ्कलकबाट पैसा बुझेर पालिकामा ल्याउने गरेका चौधरीले आफूलाई दिइए अनुसारको रकम मात्रै पालिकामा दाखिला गरेको बताएका छन । सङ्कलकले जति रकम दिए त्यो सबै पालिकामा जम्मा गरेको उनले बताए । रकम हिनामिना गरेको विषयमा आफ्नोे नाम जोडिएकोमा,दुःख लागेको उनले बताए ।

आफूलाई तीन लाख २१ हजार रुपैयाँ मात्रै सङ्कलकले दिएको उनले बताए । दिएको सबै रकम पालिकामा दाखिला भएको उनले बताए । तर सात ठेलीको रोयल्टी तीन लाख ३६ हजार हुनुपर्ने देखिन्छ । पालिकाले रोयल्टी सङ्कलनका लागि तीन जना कर्मचारीको तलबमा मासिक १७ हजारका दरले आठ महिनाको चार लाख आठ हजार रुपैयाँ भुक्तानी गरेको भए पनि आन्तरिक आम्दानीका लागि उठाइएको बालुवा उत्खननको राजस्व रोयल्टी सङ्कलकमा खर्च गरिएको तलब रकम भन्दा न्यून रहेको छ ।

सङ्कलक चौधरीले प्रति रसिद ९ सय ६० रुपैयाँ रोयल्टी लिएर बालुवा उत्खनन गर्न दिइएको बताउदै एक ठेलीमा ५० वटा रसिद भएको बताए । यसरी हेर्न हो भने २५ ठेली काट्दा १२ लाख रुपैयाँ राजस्व रोयल्टी उठेको देखिन्छ तर त्यस मध्येबाट झन्डै नौ लाख रुपैयाँको हिसाब किताब देखिएको छैन । पालिकाले १९ वटा ठेलीको राजस्व आउन बाँकी रहेको जनाएको छ । १९ वटै ठेली काटिएको हो भने नौ लाख १२ हजार रुपैयाँ अझै दाखिला हुन बाँकी देखिएको छ ।

गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले यो प्रकरणका दोषी कारबाहीको भागेदार हुने बताएका छन । दाखिला हुन बाँकी रहेको राजस्व दाखिलाका लागि पत्र पठाउन कर्मचारीलाई निर्देशन दिएको बताउदै उनले समयमा राजस्व नबुझाउनु बदमासी भएको बताए । जसले बदमासी गरेको छ उसलाई कानुन अनुसार कारबाही हुने उनले बताएका छन ।

भर्खरै

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ
कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए