"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीका किसानलाई रसायनिक मल पाउन समस्या

No data was found

Khabar Raftar

मंसिर १७ धनगढी । कैलालीका किसानहरूलाई हिउँदेबालीका लागि आवश्यक रसायनिक मल पाउन समस्या भएको छ । रसायनिक मलको अभावका कारण एक बोरा मलका लागि किसानहरू रातभर लाइनमा बस्न बाध्य भए पनि मल पाउन समस्या भएको हो । रातभर कुर्दा पनि धेरै किसानहरू मल नपाई रित्तोहात फर्किनु पर्ने अवस्था रहेको छ । कैलालीको भजनी नगरपालिकामा यो समस्या सबैभन्दा बढी देखिएको छ ।

अधिकांश कृषियोग्य जमिन रहेको भजनीमा किसानहरूले गहुँ, तरकारी तथा अन्य हिउँदेबालीमा मल हाल्ने समयमा मल अभाव भएपछि खेती प्रभावित हुने चिन्ता बढेको छ । बिक्रि केन्द्रहरूमा किसानहरू रातभर लाईनमा बसे पनि सीमित मात्रामा मल वितरण गरिँदा सबैले मल नपाएको अबश्था रहेको छ ।

भजनीका किसान हरि प्रसाद चौधरीले हरेक वर्ष जस्तै यस वर्ष पनि मलको समस्या दोहोरिएको बताखए । राती १२ बजे देखि लाइनमा बसेर पनि बिहान खाली हात फर्किनुपर्ने अवस्था रहेको उनले बताए । खेतीको सिजन आए पनि मल नभएकाले बाली लगाउने कि मलको पछाडि दौडिने भन्ने चिन्तले सताएको बताए ।

धान बिक्री गर्न हप्तौँसम्म लाइन बस्नुपर्ने बाध्यता झेलेका किसानहरु गहुँ छर्ने महत्वपूर्ण समयमा रातभर लाइनमा बसेर पनि मल नपाउँदा थप समस्यामा परेका छन । भजनीका अर्का किसान भरत चौलागाँइले मल सहज रुपमा नपाउँदा उत्पादन घट्ने र किसानको लागत बढ्ने अवस्था आएको बताए ।

उनले सरकारले मल वितरण प्रणालीलाई प्रभावकारी बनाएर सहज रूपमा उपलब्ध गराउनुपर्ने बताए । साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेड मार्फत मल वितरण हुँदै आएको भएपनि साल्ट ट्रेडिङले केही दिनभित्र मल वितरण सुरु गर्ने तयारी गरेको जनाएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार जिल्लामा प्राप्त हुने सरकारी कोटा सीमित भएकै कारण सबै किसानलाई एकैपटक मल उपलब्ध गराउन कठिन भइरहेको छ । कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवल सिंह बोगटीले माग भन्दा आपूर्ति न्यून भएकाले समस्या भएको बताएका छन् ।

सरकारी कोटा अनुसार मात्र मल वितरण गर्न पाउने व्यवस्था भएकाले जिल्लाका सबै किसानको माग धान्न नसकिएको उनले बताए । मल सीमित र माग अत्यधिक भएकाले सबैलाई उपलब्ध गराउन कठिन भएको बोगटीले बताए । मल नियमित रुपमा गइरहेको बताउँदै उनले अभाव नभएको बताएका छन ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत